होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यो सरकारले संविधान मिच्दैन, मिच्‍न पनि दिँदैन : प्रधानमन्त्री ओली
समाचार

यो सरकारले संविधान मिच्दैन, मिच्‍न पनि दिँदैन : प्रधानमन्त्री ओली

  • नागरिक रैबार
यो सरकारले संविधान मिच्दैन, मिच्‍न पनि दिँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् ।

सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । सम्बोधनका क्रममा उनले भने, ‘अहिलेको सरकारले लोकतन्त्रको बाटो बिराउँदैन संविधान मिच्दैन, मिच्न दिँदैन जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन , भ्रष्टाचार गर्दैन र गर्न दिँदैन सुशासन कायम गरेर छोडछ, अपराधहरुलाई नियन्त्रण गर्छ , म आम दाजुभाइ दिदीबहिनीहरुलाई आस्वस्त पार्न चाहन्छु ।’

जनताको आकांक्षा र अभिमतबाट मात्रै लोकतन्त्र सञ्चालित हुन सकोस् भन्ने अभिप्रायले सरकारले अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्दै नयाँ निर्वाचन घोषणा गरेको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘लोकतन्त्रलाई बिनाव्यवधान र बिनाविकृति अगाडि बढाउनका लागि लोकतन्त्र भित्रैबाट अस्वस्थता र अस्थिरताका प्रयासहरु हुन नपाउन, लोकतन्त्र जनताको आकांक्षा र अभिमतबाट सञ्चालित हुन सकुन त्यस अभिप्रायले र अस्थिरता लोकतन्त्र भित्रैबाट प्रणाली भित्रैबाट अस्थिरता खोज्ने प्रयासहरुलाई निस्तेज गर्न र कुबाटोतिर लोकतन्त्रलाई धकेल्ने चेष्टाहरुलाई अगाडि जान नदिन अहिले मुलुक फेरि नयाँ निर्वाचनतर्फ अग्रसर भएको छ ।’

विज्ञापन

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न सम्बन्धित निकायहरुलाई आग्रह समेत गरे । देशलाई अस्थिरताबाट जोगाउन जुन अभिमतद्वारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधिसम्मत ढंगले देशलाई अगाडि बढाउन ताजा जनादेश आवश्यक भएको पनि प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘नयाँ निर्वाचनको तयारीका लागि म आग्रह गर्न चाहन्छु सबै निकायहरुले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्नुपर्दछ । कुनै पनि हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलापहरु कहीँबाट पनि हुनुहुँदैन । निर्धारित समयमा निर्वाचन हुनेछ र निर्वाचन गरिनुपर्दछ । देशलाई अस्थिरताबाट जोगाउने र स्वस्थ जनअभिमतद्धारा अनुमोदित प्रक्रियाबाट लोकतान्त्रिक विधि सम्बत ढंगले अगाडि बढ्ने बाटो ताजा जनादेश नै हो ।’

प्रधानमन्त्री ओलीले सनातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हितमा काम गर्न, स्वार्थहरुमा एकताबद्ध भएर अगाडि बढ्न सबै राजनीतिक पक्षहरुलाई आग्रह गर्नुभएका अझै पनि शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन नसकेका पक्षहरुलाई संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मुलधारमा आउन समेत आग्रह गरे । उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु हाम्रा सानातिना मतभेदहरुलाई छोडेर बृहत्तर राष्ट्रिय हित र स्वार्थहरुमा एकताबद्ध भएर अगाडि बढौं । शान्तिपूर्ण राजनीतिको मूलधारमा आउनका निम्ति पनि अझै पनि यस धारमा समाहित नभइसकेका या हुन नसकिरहेका कतिपय पक्षहरुलाई पनि म यस अवसरमा संवादको माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन हार्दिक आग्रह गर्न चाहन्छु ।’

 

पूर्वाधार र विकासका क्षेत्रमा भएका कामहरुबाट देशको आर्थिक समृद्धिमा महत्वपूर्ण उपलब्धिहरु प्राप्त भएको पनि प्रधानमन्त्री ओलीले बताए । ती उपलब्धिहरुको रक्षा गर्दै अगाडि बढ्न र समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्ननका लागि सुशासन र विकासको बाटोबाट सरकार अगाडि बढ्ने अथक प्रयास गरिरहेको पनि बताए ।

उनले भने, ‘यसबीचमा हामीले विभिन्न क्षेत्रमा गरेका उपलब्धिहरु पूर्वाधारका क्षेत्रमा गरेका उपलब्धि अथवा विकासका क्षेत्रमा गरेका उपलब्धिहरु शिक्षाका क्षेत्रमा होस् स्वास्थ्यका क्षेत्रमा होस् आर्थिक समृद्धिका क्षेत्रमा होस विकासका विभिन्न क्षेत्रहरुमा गरेका उपलब्धिहरु असाधारण छन् । ती उपलब्धिहरुबाट सिक्दै तीनको रक्षा गर्दै हामी आज अगाडि बढ्नु परेको छ । आज हामीले हाम्रो राष्ट्रिय आकांक्षालाई समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा यो राष्ट्रिय आकांक्षा हामीले भनेका छौं र यसलाई साकार पार्नका लागि सुशासन र विकासको बाटोबाट हामी अगाडि बढ्ने अथक प्रयास गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले अर्को वर्षसम्म नेपाल अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा प्रवेश गर्नुपर्ने भएकाले धेरै कामहरु गर्नुपर्ने अवस्था रहेको पनि बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार