होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले यस वर्षको विद्यालय तहको नयाँ शैक्षिक सत्र आजदेखि शुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि यस वर्षको शैक्षिक सत्र शुरु गर्ने निर्णय गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले भर्ना अभियान र वैकल्पिक विधिबाट हुने पठनपाठनलाई सफल पार्न आह्वान गरेका छन्। आज शिक्षक सङ्गठनसँग भएको भर्चुअल छलफलमा उनले […]
नागरिक रैबार/बाजुरा १ असार। सदरमुका मार्तडीको तुफान डाँडाबाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । विशेस सुराकिका आधारमा साेमबार साँझ तुफानडाँडामा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सवैलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको र उनीहरुसंग ९८ हजार बढी नगद समेत […]
१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन सांसद पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । तर २४ […]
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए […]
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै आएकोले नेपालको पश्चिमी भागमा भारी बर्षा हुन सक्ने बरिष्ठ मौसमविद् बरुण पौडेलले रातोपाटीलाई जानकारी दिए । उनले गण्डकी प्रदेश, कर्णाली […]
काठमाडौँ– प्रेस चौतारी नेपालले आफ्नो पक्षमा फैसला दिन अदालतलाई दबाब दिने तथा सरकारलाई काम गर्न नदिने प्रवृत्तिले विद्यमान राजनीतिक प्रणाली र राष्ट्रियतालाई कमजोर बनाउने जनाएको छ । चौतारीका विभिन्न दश प्रदेशका इञ्चार्ज र संयोजकहरुले आज विज्ञप्ति जारी गरी केही समययता पूर्वपदाधिकारीहरु समूह नै बनाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वैधानिक संरचनामाथि निरन्तर धावा बोल्ने कार्यमा सम्लग्न […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ ।ठाउँठाउँमा भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ । कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।कास्कीको […]
बझाङ्ग — आईतबार देखि परेको वर्षाका कारण खसेको पहिरोले जयपुथ्वी राजमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जयपुथ्वीराजमार्ग अन्तरगत पर्ने बैतडीको ढोल्यामोड भन्ने ठाउमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । पहिरोले करिब २५ मिटर सडक ढाकेपछि तराई बाट पहाड तथा पहाड बाट तराई जान हिडेका सवारी साधन तथा यात्रुहरु बिहान देखी […]
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा कणर्ाली प्रदेशमा दिउँसो १ […]
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ । उनीहरुबीच साढे ६ बजेदेखि भेटवार्ता भएको हो । तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका […]
दुई वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । लाटा घटाल मल्टिमिडिया प्रालिद्धारा संचालन हुने गरी नागरिक रैबार (www.nagarikraibar.com) बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका ९ माझगाउँमा प्रधान कार्यालयबाट संचालन संचालनमा रहेको छ । नागरिक रैबार डट कम पाठक, दर्शक […]
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ। नेकपा एमाले सुदूरपश्चिम […]
३० जेठ, काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन असार २० गतेभित्र जिल्लाको शिक्षा विकास इकाई समन्वय समितिमा पठाउनुपर्ने र इकाइले असारभित्र […]
३० जेठ, जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीबासीको सपनाले सार्थकता पाएको हो । बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ । यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले […]
काठमाडौँ — सरकारले जारी निषेधाज्ञा खुकुलो पार्ने मोडालिटी तयार पारिरहँदा कोरोना परीक्षण ह्वात्तै घटेको छ । जसका कारण परीक्षण दर घट्नुका साथै सक्रिय संक्रमितको ग्राफ पनि कम देखिएको छ । तर ग्राफकै आधारमा कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएको भन्न नमिल्ने विज्ञ चिकित्सकहरु बताउँछन् । पाल्पाको तानसेन नगरपालिकाले मंगलबार टुँडिखेल परिसरमा एन्टिजेन परीक्षणका लागि स्वाब […]
३० जेठ,काठमाडौं । कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो । पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको […]
सुदुरपश्चिम प्रदेशमा संविधानले तोकेभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागी विपक्षीलाई झिकाउने आदेश गरेको हो । असार ६ मा सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । कुल सांसद संख्याको बढीमा २० प्रतिशत मात्र मन्त्री […]
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा […]
संघीय सरकारले बजेट भाषणमार्फत् किराँत धर्म संस्कृतिसँग जोडिएको सप्तकोशीको नदी बीचमा पर्ने खुवालुङ ढुङ्गा फुटाउने योजनाको प्रदेश १ सरकार काउन्टर दिएको छ । आइतबार प्रदेश सभामा जारी नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यले उठाएका विषयलाई मुख्यमन्त्री राईले किराँत धर्मसंस्कृतिसँग जोडिएको खुवालुङ ढुङ्गा फुटाउने भन्दापनि संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री राईले प्रधानमन्त्ती […]
काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे । लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ […]