होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधव नेपाल भेट्न देउवा र प्रचण्ड कोटेश्वरमा
समाचार

माधव नेपाल भेट्न देउवा र प्रचण्ड कोटेश्वरमा

  • नागरिक रैबार
माधव नेपाल भेट्न देउवा र प्रचण्ड कोटेश्वरमा

काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सभापति देउवा, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच नेता नेपालको निवास कोटेश्वरमा भेटवार्ता जारी रहेको नेता नेपालको सचिवालयले जनाएको छ । उनीहरुबीच साढे ६ बजेदेखि भेटवार्ता भएको हो । तीन नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

कर्णालीका चार प्रदेश सांसदलाई महाधिवेशन आयोजक कमिटीका तर्फबाट गरेको कारवाहीलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि एमाले अध्यक्ष केपी ओलीले नेता माधव नेपालसहितको पार्टी बैठक बोलाउने प्रयास गरिरहेका छन् । सोही बेला विपक्षी गठबन्धनमा रहेका नेता नेपालसँगको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार