होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
७ असार, कर्णाली । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको […]
काठमाडौँ- आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्। आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार […]
अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् । गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । […]
जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिरोको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् ।कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे ।गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा असार ८ गते भोलिदेखि निषेधाज्ञा खुकुलो पारिने भएको छ । आइतबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले बिहान ६ देखि अपरान्ह ६ बजेसम्म पसल तथा बजार खोल्न दिने निणर्य गरेको हो। जिल्लामा कोरोना भाइरसको संक्रमणदर कम हँदै गएको भन्दै अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा खुकुलो पारिएको […]
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय सर्वोच्च अदालतसँग मतभेद बढेको छ । भित्र भित्र बढेको मतभेद सतहमै देखिन थालेको हो । त्यसो त प्रधानमन्त्री ओलीले क्याबिनेटमै अदालतप्रति असन्तुष्टि पोखेका थिए । उनले क्याबिनेटका मन्त्रीहरुलाई ब्रिफिङ गर्दै अदालतले राजनीतिलाई कता लान्छ भन्ने अन्यौल रहेकोले मानसिक रुपमा तयार हुनुपर्ने समेत बताएका थिए । […]
काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]
काठमाण्डाै – लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् । विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा […]
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त […]
३ असार, काठमाडौं । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, […]
मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि सिन्धुपाल्चोक र काभ्रेका किसान चिन्तामा परेका छन् । मुख्यतः मेलम्ची बजारबाट उत्तरतर्फबाट आएको मेलम्ची नदीले कनारका अधिकांश स्थानका खेतीयोग्य जमिन कटान गरेको छ । बुधबार हेलिकोप्टरमार्फत् पहिरो गएको भनिएको स्थान हेर्न पुगेका सिन्धुपाल्चोकका प्रदेशसभा सदस्य युवराज दुलालका अनुसार मेलम्ची नदी बगेको स्थानका अधिकांश नदी किनार […]
जिल्लाको बडिमालिका नगरपालिका–२ घागरमा रहेको झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ । पुलमाथि पानी पुुग्ने र छेउछाउमा नदीले कटान गरेपछि पुलमा आवतजावत समस्या भएको छ ।लगातारको वर्षाका कारण बुढीगङ्गा नदीलगायत अन्य सहायक नदीमा पानीको बहाव बढेपछि जिल्लाका दर्जनौँ झोलुङ्गे पुल उच्च जोखिममा रहेका छन् । पुल जोखिममा परेपछि आवतजावतमा निकै समस्या भएको छ । गत […]
सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ ।स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित […]
३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा बजेट वितरण गरिएका योजनाको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ । बुधबार बसेको प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकले आर्थिक वर्षको अन्तमा भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वितरण गरेका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । लेखा समितिका […]
काठमाडौँ — मुलुकका विभिन्न जिल्लामा अविरल वर्षापछिको बाढीपहिरो र डुबानमा परी बुधबार रातिसम्म कम्तीमा ६ जनाको मृत्यु र २८ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढीले बुधबार डुबानमा परेको सिन्धुपाल्चोकको मेलम्ची बजार र उद्धारमा खटिएको नेपाली सेनाको हेलिकप्टर । सिन्धुपाल्चोकमा २, बाजुरा, पाल्पा, कास्की र डोटीमा १/१ जनाको मृत्यु भएको हो भने सिन्धुपाल्चोकमा १७, […]
३ असार, काठमाडौं । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन योग्य छु भन्नेहरुका लागि गृह मन्त्रालयले खुल्ला दरखास्त आह्वान गरेको छ । आफूलाई विभूषणको लागि योग्य ठान्नेहरुले यही असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सक्ने छन् । ‘विभूषणका लागि योग्य महानुभावहरुलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न […]
काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धार कार्यमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न जिल्लाहरुमा ठूलो क्षति भएपछि उनले तत्काल राहत तथा उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका […]
काठमाडौँ– बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् । बैठकमा बाढी पहिरोबाट भएको क्षति र विपद् रोकथामको प्रतिकार्य गर्ने विषयमा छलफल हुनेछ । यसैगरी मनसुनबाट हुने क्षति कसरी न्युनिकरण गर्ने र भइसकेको क्षतिबाट पीडितलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा छलफल हुनेछ […]
नेकपा एमालेले अविरल वर्षासँगै आएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको उद्दार र राहत कार्यमा जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार जारी गरेको विज्ञप्तिमा बाढी पहिरोका कारण सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, गुल्मी, पाल्पा, रुपन्देही, बागलुङ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), गोरखा, लमजुङ लगायत जिल्लाहरु बढी प्रभावित भएको र कतिपयको ज्यान ज्यान गुमाएको […]
२ असार, काठमाडौं । सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो । विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य […]