होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको बताएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए । अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।
काठमाडौँ- आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने […]
१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले संसद पुनर्स्थापना हुन्छ र सरकार बनिहाल्छ भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् । विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अदालतबारे कुनै टिप्पणी नगर्ने बताए । तर सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको […]
नागरिक रैबार/बाजुरा १४ असार। आर्थिक अभावकै कारण जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ गोत्रीका २६ वर्षिया नविन बहादुर शाही यतिखेर काठमाण्डौंको विर अस्पतालको सैयामा छट्पटाईरहेका छन् । दुवै मृगौलामा समस्या देखिएपछि शाही अहिले काठमाण्डौंको विर अस्पतालमा मृगौलाको उपचारका लागि अस्पतालको सैयामा उपचाररत अवस्थामा रहेका छन् । आर्थिक अभावकै कारण दुवै मृगौला फेल भएका शाहीलाई अहिले […]
नागरिक रैबार/बाजुरा १४ असार। बडीमालिका नगरपालिका वडा नं. ७ का ४५ जना पशुपालक कृषकलाई बाख्रा वितरण गरिएको छ । सुदूरपश्चिम प्रदेश अन्तरगत मुख्यमन्त्री एकिकृत कार्यक्रम मार्फत आइतबार सो वडाका ४५ जना पशुपालक कृषकलाई बाख्रा वितरण गरिएको हो । वडा नम्बर ७ को समन्वय र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको प्राविधिक सहयोगमा पशुपालन व्यवसायलाई प्रर्वद्धन […]
राजेन्द्र बिक/ बाजुरा १४असार । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५मना मा आर्थिक बर्ष २०७७/२०७८मा वडामा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बडिमालिका नगरपालिका ५नम्बर वडा कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रममा वडा बाट निर्बाचित वडा सदस्यहरु,पार्टी प्रतिनिधिहरु ,उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारी […]
नागरिक रैबार/बाजुरा १४ असार। नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएको हल्ला थियो । तर एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा नगएको बताएका छन् […]
काठमाडौँ– सरकारको एक तथ्याङ्कअनुसार हाल देशभरमा कक्षा ११ र कक्षा १२ पढाइ हुने सामुदायिक विद्यालयको संख्या ३ हजार २७४ छ । यो संख्या अर्थमन्त्रालयको आर्थिक सर्वेक्षण २०७८ मा उल्लेख गरिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाललका अनुसार २०७७ सालमा कक्षा ११ र कक्षा १२ सञ्चालन भएका सामुदायिक विद्यालयमा ४ […]
करिब डेढ घण्टा भएको अविरल वर्षाले जनकपुरधाम जलमग्न भएको छ । अविरल वर्षाका कारण सोमबार जनकपुरधाम उपमहानगरपालिकाको अधिकांश वडाका घरहरूमा पानी पसेका छन् भने केही वर्ष पूर्व एडिबीको ऋण सहयोगमा बनेको नवनिर्मित सडकहरूमा समेत पानी जमेको छ । सडकमा १ फिटसम्म पानी जमेपछि सर्वसाधारणलाई आवतजावतमा निकै कठिनाइ भएको छ । भारी वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाकी […]
१३ असार, स्याङजा । स्याङ्जामा मानिस आक्रमण गर्ने चितुवालाई गोली हानी मारिएको छ ।आइतबार विहान चितुवाले स्याङ्जा गल्याङ नगरपालिका-७ तोलातुङका ३८ वर्षीय लाल बहादुर वि.कलाई आक्रमण गरी घाइते बनाएपछि प्रहरीले गोली हानी मारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार चितुवा खोरबाट बाहिर निस्किएर मानिसहरुतिर आएको र […]
१३ असार, काठमाडौं । पुस्तक प्रकाशन गृह र निजी विद्यालयको मिलेमतोमा विद्यालय जथाभावी रुपमा पाठ्यपुस्तक छनोट र बिक्री गरेको पाइएको छ । पाठ्यपुस्तक अनुगमन समितिले आइतबार गरेको अनुगमनका क्रममा सरकारी निकायबाट स्वीकृति नै नपाएको पुस्तक बिक्री गरेको, नेपाली माध्यममा पढाउनुपर्ने पुस्तक पनि अंग्रेजीमा माध्यमको पढाएको, पुस्तकको मूल्यमा कालो पोतेर नयाँ मूल्य राखेर बेचेको पाइएको छ […]
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
संवैधानिक निकायहरू लामो समय पदाधिकारीविहीन हुँदा काम गर्न नपाएको भन्दै २०७७ भदौदेखि नै पदाधिकारी नियुक्ति गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल थालेका थिए । संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्न संवैधानिक परिषद्ले सिफारिस गरी संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक एवं कानुनी प्रावधान छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद् गठनसम्बन्धी व्यवस्था छ । […]
१३ असार, बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटमा खाद्यान्न संकट देखिएको छ । लामो समयसम्म खडेरी तथा कोरोना कहरले सो गाउँमा चरम खाद्यन्न समस्या देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यन्न सकिएको जानकारी दिए । उनका अनुसार सो गाउँमा करिव चारसय दलित परिवार बसोबास गर्दछन् । उनले भने, ‘लकडाउनले दैनिक ज्यालामजदुरी गर्न जान सकिएको […]
नागरिक रैबार/बाजुरा १३ असार। जिल्लाको बुढीगंगा नगरपालिकामा ताँप्राका युवाहरुले तालावन्दी गरेका छन् । ताँप्री सेराको वस्ती जोगाउनका लागि तटवन्धन निर्माण गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट ५० लाखको योजना कार्यान्वयन गर्न नगरपालिकालाई अख्तियारी दिएको भएपनि नगरपालिकाले योजना कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नगरपालिकाकै ताँप्राका युवाहरुले नगरपालिकामा तालावन्दी गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला […]
१३ असार, काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । ‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ […]
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका –४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कठिन राईले जानकारी दिए । कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते […]
नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।आइतबार बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताए […]
बझाङ– सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् । वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका […]
रामेछाप– निषेधाज्ञाका मौकामा कौडा खेलिरहेका ५ जना जुवाडेलाई प्रहरीले नगद र कौडासहित पक्राउ गरेको छ । मन्थली नगरपालिका वडा नम्बर १ घारी खबरेस्थिति चन्द्रवहादुर माझीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको टोलीले नगद १ लाख ९२ हजार ९५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरिएको जिप्रका रामेछापका डिएसपी नवराज ढुंगानाले […]