होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ
प्रदेश ७

अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

  • नागरिक रैबार
अछाममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढी: अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरि विवाद गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ। उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको पिडीतको गुनासोका आधारमा प्रहरीले उनलाई बुधवार राति नै नियन्त्रणमा लिएको जनाईएको छ।

अहिले जिल्ला प्रहरी कार्यालयमा दुबै पक्षलाई राखेर विवाद समाधानबारे छलफलको तयारी भइरहेको अछाम प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्ष खनाल नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार