होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १६ असार । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम १८ असारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी हुने भएका छन् । उनले आफू पक्षीय नेता कार्यकर्तासँग आज छलफल गरी बैठकमा जाने टुंगो लगाएका हुन् । गौतमले एकता अभियानको बैठक डाकी सुझावसहित पार्टी बैठकमा सहभागी हुने निष्कर्ष निकालेका हुन् । बैठकमा गौतमले भने,‘हामी अहिलेलाई बैठकमा […]
काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु पार्टी बैठकमा नजाने भएका छन् । उनले आन्तरिक परामर्श गरी बैठकमा नजाने निर्णय लिएका हुन् । नेपालनिकट नेता विरोध खतिवडाले बैठक नै अवैध भनेका छन् । उनले भने,‘अवैध कमिटीले बोलाएको बैठकमा हामी जाँदैनौं ।’ यसअघि आजै माधव नेपालले आफू मूल्य मान्यताको राजनीतिबाट पछि […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको गौमुल गाउँपालिकाको साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालयसम्म आवत जावत गर्न वर्षातमा जहिल्यै सास्ती हुने गरेको छ । साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालय घट्मुनासम्म आवतजावत गर्न वर्षातको समयमा निकै समस्या हुने गरेको छ । घटमुना देखि गाउँपालिकाको १ देखि ३ सम्म जानआउन अहिले पनि सिढिको सहारामा ज्यान नै जोखिममा […]
१६ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च पार्टीले बेहोर्ने भएको छ । बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता खनालको उपचार खर्च नेकपा एमालेले बेहोर्ने निर्णय गरेको हो । भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचारत नेता खनालको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।
१६ असार, काठमाडौं । जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष गल्ती महसुस भएको बताएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने बताएका हुन् । जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले ९ […]
धनगढी: अछामको बान्नीगढी जयगढी गाउँपालिकाले अनौठो आर्थिक ऐन ल्याएको छ। जसअनुसार उपभोक्ता समितिले संघीय र प्रदेश सरकारका योजना भुक्तानीका लागि सिफारिस लिँदा २ प्रतिशत दस्तुर गाउँपालिकालाई बुझाउनु परिरहेको छ। गाउँपालिकाभित्र सञ्चालन भइरहेका योजनाको रकम भुक्तानीका लागि आवश्यक पर्ने सिफारिस गरेवापत योजनाको कूल रकमको २ प्रतिशत तिर्नुपरेपछि उपभोक्ता समितिका पदाधिकारी बिचल्लीमा परेका छन्। योजनाको इस्टिमेटमा समावेस […]
१६ असार, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले साउन ९ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो । सीसीएमसीले परीक्षा सञ्चालन गर्न अनुमति दिएपछि आयोगले तालिका सार्वजनिक गरेको हो । यो पटक परीक्षार्थीले आफूलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिने पाउने भएका छन् […]
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक बालुवाटारमा सुरु भएको छ । बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो । एमाले नेताहरुका अनुसार आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ । यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । जनप्रतिनिधिको सर्वोच्च संस्था संसद् विघटन ठिक कि बेठिक भन्ने बहस अदालतभित्र र बाहिर दुवै ठाउँमा जारी छ । एमालेको माधव नेपाल पक्षका नेताहरू केपी ओलीले संसद् विघटन गरेकोमा माफी माग्नुपर्ने बताउँछन् । […]
१६ असार, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारको प्रतिरक्षामा बहस जारी छ । सरकारी पक्षबाट सोमबार र मंगलबार भएको बहसमा सरकारी वकिलहरुसँग इजलासले मुख्य पाँच वटा प्रश्न गरेको छ । १. प्रधानमन्त्री ओलीले विश्वासको मत नलिन मिल्छ ? प्रधानमन्त्री केपी शर्मा ओलीे विश्वासको मत लिन संसद नगएको विषयमा न्यायाधीशहरुले सरकारी वकिलसँग […]
१६ असार, काठमाडौं । कृषि तथा वन र इन्जिनियरिङ सेवातर्फ रिक्त दुई सचिव पदका लागि ६ जना सिफारिशमा परेका छन् । सचिव बढुवा सिफारिश समितिको मंगलबार बसेको बैठकले दुई सेवाका तीन-तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिश गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी नेतृत्वको बढुवा सिफारिश समितिको बैठकले कृषि तथा वन सेवातर्फ […]
डोटीमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावी रूपमा गर्भपतन सेवा लिने गरेका कारण उनीहरूको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति […]
कांग्रेसका सक्रिय सदस्य वितरणकै क्रममा वडा तहमै ‘गुट’ खडा भैसकेका छन्। यसको दृष्टान्त हो ‘सक्रिय’ सदस्यतामा गरिएको भागबण्डा। वडा तहबाट सिफारिस हुने सक्रिय सदस्यता नामावलीमा नाम भागबण्डा गरेरै केन्द्रमा पठाइए, फलतः केन्द्रले पनि उनै भागबण्डा गरेरै पठाइका नामावलीलाई सदर ग¥यो। कांग्रेसी पुराना नेताका अनुसार सक्रिया सदस्यताको यो वितरण प्रणाली नयाँ र नौलो भने होइन। कांग्रेसका […]
लोक सेवा आयोगले कोरोना (कोभिड–१९) महामारी र पदाधिकारी नहुँदा रोकिएका सम्पूर्ण परीक्षा साउन १५ गतेदेखि सञ्चालन गर्ने भएको छ । आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा सञ्चालन हुने भएको हो । पूर्व सूचनाअनुसार स्थगित भएका परीक्षालाई सोमबार बसेको आयोगको बैठकले साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो । खरिदारदेखि सहसचिवसम्मको […]
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई नवौं महाधिवेशनपछिको पुरानै संरचनामा फर्काउने निर्णय गराएका छन्। पुराना सबै कमिटी ब्युँताएर माधव नेपाल समूहलाई मिलाउने तयारी गरिरहेका अध्यक्ष ओलीले मंगलबार साँझ आफूनिकट स्थायी कमिटी सदस्यहरूको बैठक राखेर सो निर्णय गराएका हुन्। बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गराउने र नवौं महाधिवेशनपछिका सबै संरचनामा पार्टी फर्काउने निर्णय […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको गौमुल गाउँपालिकाले पनि अठाराैं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि भन्ने मुल नाराका साथ गौमुल गाउँपालिकाको कृषि विकास शाखाले भव्यताका साथ आज धान दिवस मनाएको हो । धान दिवसको अवसरमा कृषकको खेतमै पुगेर गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सीता […]
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्।सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको […]
फ्रेञ्चाइज रियालिटी गायन स्पर्धा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ । संगीत भकारी युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो । युवा गीतकार लेखु सहयात्रीको शब्दमा भ्वाइस अफ नेपालका प्रशिक्षक करणराज कार्कीले यसमा संगीत भरेका छन्। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतको संगीत संयोजन […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र […]