होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको ऐतिहासिक फैसला आएपछि केपी शर्मा ओलीविरोधी गठबन्धनको बैठक बसिरहेको छ । बैठकले अदालतको फैसलापछि कसरी बढ्ने भन्नेबारे छलफल गरिररहेको छ । कोटेश्वरस्थित एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा बसेको बैठकमा नेपाली काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकृष्ण खाँड […]
काठमाडौं, २८ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनविद्हरुसँग परामर्श लिएर मात्र सर्वोच्चको आदेशबारे निर्णय लिने भएकी छिन् । उनले राष्ट्रपति कार्यालयमा सर्वोच्च अदालतको आदेशको पत्र दर्ता भएपछि चासो राखिसकेको बुझिएको छ । राष्ट्रपति भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले कानुनविद्हरुसँग परामर्श लिएर अगाडि बढ्ने तय भएको बताए । संविधानमा प्रधानमन्त्री कुनै व्यक्ति विशेषलाई नियुक्त गर्न राष्ट्रपतिलाई […]
काठमाडौं, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशले सत्ता छाड्न वाध्य भएपछि नयाँ परिस्थिति विकास भएको छ । ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई एक्ल्याउने रणनीति बनाएका छन् । नेपाल खेमाका नेताहरु भीम रावल र सुरेन्द्र पाण्डेलाई आफ्नो पक्षमा रहिरहने गरी ओलीले कुराकानी थालेका छन् । उनले रावलसँग आज पनि बालुवाटारमा […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको आदेशले राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । सम्भवतः देउवालाई भण्डारीले भोलि नै प्रधानमन्त्री नियुक्त गर्ने सम्भावना छ । अदालतको आदेश अनुसार देउवा दुई वा दुई भन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्दैछन् । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवा बहुमत सांसदको समर्थनबाट […]
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने आदेश राष्ट्रपति कार्यालय शितलनिवासमा दर्ता भएको छ । सर्वोच्च अदालतबाट उपसचिव गोपाल थापाले आदेश दर्ता गराएका हुन् । आदेश दर्ता भएसँगै राष्ट्रपतिले शेरबहादुर देउवालाई भोलिभित्र प्रधानमन्त्री नियुक्त गर्नुपर्नेछ । अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पटक पटक संविधान उल्लंघन गरेको भन्दै आदेश […]
सर्वोच्च अदालतले संसद् विघटनको निर्णय बदर गरेसँगै अबको सरकार कस्तो बन्छ भन्ने चासो बढेको छ । अदालतको आदेशले तत्कालै शेर बहादुर देउवा प्रधानमन्त्री बने पनि एक महिनापछिको अवस्था के होला भन्ने प्रश्न उठ्न थालेको छ । नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने […]
प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो । यतिबेला नेपाल काँग्रेस आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा पार्टीका नेताहरु छलफलमा छन् । अदालतले दोस्रो पटक संसद् […]
नागरिक रैबार/बाजुरा २८ असार। जिल्लाको बडीमालिका नगरपालिका ८ र ९ को विचमा पर्ने बाउलीखोलाको काठेपुल जोखिम्मा परेको छ । निरन्तरको वर्षासंगै बाउलीखोलामा आएको बाढीले सो क्षेत्रमा बनाईएको काठेपुल जोखिम्मा पर्दै गएको हो । जिल्लाको पुर्वीउत्तरी सहित बडीमालिका नगरपालिकाको ७ नम्बर वडाका स्थानीयहरुको आवतजावतका लागि बनाईएको काठेपुल जोखिम्मा परेपछि स्थानीयहरुलाई मार्तडी बजारमा दैनिक आवतजावत गर्न समस्या […]
धनगढी: सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली मनाउन थालिएको छ। सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली काँग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म […]
मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक दुई ठाँउमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटी जानकारी दिइन् । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा […]
२८ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको बताएका छन् । सर्वोच्च अदालतले संसद विघटन सदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएसँगै अध्यक्ष थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका हुन् । उनले ट्विटरमा लेखेका छन्, ‘सर्वोच्च अदालतमा आज गोरू व्यायो।’ बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द […]
काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता हुने भएको छ । हिजो राति १० बजे कार्यदलले गरेको १० बुँदे सहमतिको बारेमा छलफल गर्न ओली र नेपालबीच भेटवार्ता हुन लागेको भीम रावलले जानकारी दिए । अहिले रावल प्रधानमन्त्री ओलीसँग छलफलमा छन् । उनी विहानै बालुवाटार […]
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल भएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटकसमेत पुनर्स्थापना गरिदिएको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको हो । यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो । प्रधानमन्त्री ओलीले पहिलो […]
२८ असार, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेका थिए । ३० वैशाखमा संविधानको […]
अमेरिकाले उपहारस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन नेपाल आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो। अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।यो खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई […]
काठमाडौं । अमेरिकी राजदूत -याण्डी बेरीले राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने प्रस्ट पारेका छन् । सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत जोन्सन एन्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० मात्रासहितको डेलिभरी नेपाल आइपुगेको सन्दर्भमा उनले ट्वीटरमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् । ‘म स्पष्ट पार्न चाहन्छु, यो अमेरिकी जनताको तर्फबाट निःशुल्क उपहार हो […]
कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन । ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा […]
नागरिक रैबार/बाजुरा २८ असार । गत वर्ष साँफेबगर–मार्तडी सडकको अम्कोट–द्वारी क्षेत्रमा गएको पहिरोले बाजुराको एकमात्र राष्ट्रिय राजमार्ग अवरुद्ध भएको थियो। अहिले एक वर्ष पूरा हुँदासमेत त्यो सडकमा गएको पहिरो रोकथाम गर्न सकिएको छैन। साँफेबगर–मार्तडी सडकको साँफेदेखि ३५ किलोमिटरको आसपासमा झण्डै चार किलोमिटर सडकमा पहिरोको जोखिम धेरै भएकाले त्यो क्षेत्रमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने आवाज उठ्न […]
काठमाडौं । प्रतिनिधिसभा विघटनबिरुद्ध परेको मुद्दाको फैसला सोमबार हुँदै छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिन् । सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटन […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) नेपालमा आयोजना हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित ‘थ्री नेसन्स कप’ को उपाधि विजेता राष्ट्रिय फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कार तथा सम्मानपत्र वितरण कार्यक्रममा उनले साफ फुटबल नेपालमा आयोजना गरिने जनाउँदै नेपाली टोलीलाई जित्ने उद्देश्यका […]