होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा
समाचार

जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा

  • नागरिक रैबार
जनकपुरबाट फर्किएलगत्तै प्रचण्ड माधव नेपालको निवासमा
फाइल फोटो

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । पार्टीका नेता महादेव यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी भएर जनकपुरबाट काठमाडौं फर्किएलगत्तै दाहाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका थिए ।

एमालेभित्रको विवाद समाधानको लागि कार्यदल सक्रिय भएको बेला प्रचण्डले नेपालसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उता, दाहाल र नेपालबीच छलफल चलिरहँदा यता सिंहदरबारमा भने कार्यदलको बैठक बसिरहेको थियो ।

एमालेको गत शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिनको लागि माधव नेपाल पक्षलाई हिजो साँझ ५ बजेसम्मको समय दिएको थियो । तर, नेपाल पक्षधले भने हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई दिइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार