होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ साउन, काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । असार ३१ गतेसम्म यो वर्ष १० लाख ४८ हजार ५०७.१७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । जुन, देशभर कुल धान रोपाइँ हुने क्षेत्रफलको ७६.४४ प्रतिशत हो । देशभर १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमा धान […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरा जिल्ला अदातलका न्यायधिस माधप प्रसाद घिमिरेले बाजुरामा बाल विवाह र मदिरा सेवनकै कारण देखिएका मुद्दाको संख्या धेरै रहेको बताएका छन् । सामाजिक सम्बन्ध र संस्कारसँग जोडिएका सम्बन्ध विच्छेद र जबजरजस्ती करणकी मुद्दा बढी आएकोमा न्यायधिस घिमिरेले चिन्ता व्यक्त गर्नु भएको छ । सानै उमेरमा प्रेम विहे गरेका, सन्तान जन्मीसकेका सामान्य […]
राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको हो । विसं २०७१ चैत ५ गतेदेखि काम शुरु गरेको नेपाली सेनाले सो सडकखण्डको निर्माण कार्य […]
१ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु भएको जनाएको छ । आयोगले शुक्रबार विज्ञप्ता जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ […]
धनगढी,१ साउन । सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको […]
नागरिक रैबार/बाजुरा १ साउन। जिल्लाकाे बुढिगंगा नगरपालिकामा १४ बर्षिय छोरीलाई बलात्कार गर्ने पुरुषलाई जन्मकैदकाे फैसला गरेकाे छ । आफनै छोरीलाई जबरजस्तिकरण र हाडनाताकरणी मुद्धामा ६७ बर्षिय एक पुरुषलाई जन्म कैदकाे फैसला गरेको बाजुरा जिल्ला अदालतले वताएको छ । १४ बर्षकी छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी एन २०७४ को दफा २१९ (१) र २१९ […]
१ साउन, काठमाडौं । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको सर्वोच्च अदालतमा शपथग्रहण भएको छ । राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने भनेका संवैधानिक पदाधिकारीको हकमा सर्वोच्च अदालतमै शपथ गराउने भन्ने निर्णय गरेको भनेपछि शपथ ग्रहण गराउने परम्परागत ठाँउ फेरिएको हो । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् । देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई […]
१ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिएकी छन् ।प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गरिने बताएका छन् । सिंहदरबारस्थित अर्थमन्त्रालयमा शुक्रबार आर्थिक पत्रकारहरूसँगको भेटघाटमा मन्त्री शर्माले सरकारबाट श्वेतपत्र जारी हुन लागेको जानकारी दिएका हुन् । यसअघि केपी ओली नेतृत्वको सरकारले पनि आफ्नो कार्यकालको प्रारम्भमा मुलुकको अर्थतन्त्रबारे श्वेतपत्र जारी गरेको थियो । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट चाहिँ के हुन्छ भन्ने पत्रकारहरुको […]
धनगढी : कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ। सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ […]
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका हरेक बैठकहरू आयोजना गरे । भोज भतेर, सांस्कृतिक कार्यक्रम र धार्मिक अनुष्ठानसमेत गरे । नेताहरुको बाँसुरी बादन कार्यक्रम पनि चल्यो । ओलीका पालामा सत्तारुढ दलका सबैखाले कार्यक्रम र बैठकहरू बालुवाटारबाटै सञ्चालित भए । पार्टीका कार्यक्रममा सरकारी स्रोत र साधन कति खर्च भयो भन्ने […]
शनिबारदेखि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर शनिबारबाट सोमबारसम्म मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने तथा बङ्गालको खाडी अरेबियन सागरबाट जलवाष्प युक्त हावा प्रशस्त मात्रामा आउने सम्भावना रहेकाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी […]
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा खुट्टामा चोट लागेर उपचारका लागि आएकी एक बालिकालाई स्वास्थ्यकर्मीले रेबिजविरुद्धको खोप लगाइदिएका छन् । खुट्टामा प्लाष्टर गर्नुपर्ने सुनवल नगरपालिका–९ की तीन वर्षीया बालिका प्रिया कंहारलाई स्वास्थ्यकर्मीले भने कुकुरले टोक्दा लगाइने खोप लगाइदिएको बालिकाका आफन्तले आरोप लगाएका छन् । बालिकाका आफन्तले स्वास्थ्यकर्मीले चरम लापरवाही गरी छोरीको स्वास्थ्यमाथि खेलवाड गरेको […]
कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा […]
नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो । नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३१ असार। सरकारको कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्तामा बाजुराका खम्म बहादुर खातिलाई नियुक्ति गरिएको छ । प्रधानमन्त्री सेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता खातिलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् । नेपाल बार एशोसिएसनका पूर्व महासचिव समेत रहेका खातीलाइ राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम नियुक्त भएका हुन् […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। […]
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र […]
मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिए । उनका अनुसार आगामी आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा […]