होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीमा अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा
समाचार

धनगढीमा अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा

  • नागरिक रैबार
धनगढीमा अत्याधुनिक रक्त सञ्चार केन्द्र सञ्चालनमा

धनगढी,१ साउन । सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।

 

विज्ञापन

नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको हो । झण्डै ११ करोडको लागतमा रक्त सञ्चार केन्द्र सञ्चालनमा आएपछि प्रदेशमा रगत आपूर्तिमा सहजता हुने विश्वास गरिएको छ। दुई तले भवनमा सञ्चालन हुने रक्त सञ्चार केन्द्रमा विश्व स्वास्थ्य संगठनले तोकेको सबै मापदण्ड पूरा गरिएको नेपाल रेडक्रस सोसाईटी कैलालीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार