होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुक्खा मौसमले चिन्तित कैलाली र कञ्चनपुर जिल्लाका किसान साउन लागेसँगै भएको मनसुनी वर्षाले खुशी भएका छन् । ती दुई जिल्लामा असार महिनाभरी पर्याप्तमात्रामा वर्षा हुन नसक्दा खडेरीले धान बालीमा प्रतिकूल असर पुगेको जनाउँदै किसान चिन्तित देखिएका थिए । “पर्याप्त पानी नपर्दा धान रोपाइँ गरिएको खेतमा चिरा परेर बाली बिग्रिन लागेको चिन्ता थियो”, धनगढी उपमहानगरपालिका–१३ किसान […]
नागरिक रैबार/बाजुरा ४ साउन । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ विकास बजेट पाउनेमा भाग्यमानी देखिएको छ । बाजुराका गाउँपालिका तथा नगरपालिकामा आउने बजेट बडिमालिकाको सिंगो ७ नम्बर वडामा मात्रै आएको हो । वडामा अहिले संघ, प्रदेश, स्थानीय तह तथा विभिन्न संघ–संस्थाबाट गरी आर्थिक वर्षमा २४ करोड रुपैयाँ बढी विकास बजेट छ । संघ, प्रदेश […]
काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार। हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन्। साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ। साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको पहिलो सोमवार […]
धनगढी : ‘प्रधानमन्त्रीले अधिकारभन्दा बाहिर गएर प्रतिनिधिसभा विघटन गरे। जनतालाई जनप्रतिनिधिविहीन बनाउने अधिकार कसैलाई छैन्,’ पहिलो पटक तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा धनगढीमा आयोजित कार्यक्रममा नेता भीम रावलले भनेका थिए। संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको दाबी उनले गरेका थिए। तत्कालिन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद विघटन गर्दा त्यसकाविरुद्धमा […]
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधिसभामा विश्वासको मत दिने क्रममा एमालेका ३३ जना सांसदले पार्टीको निर्देशन अवज्ञा गरेपछि आन्तरिक संकट झन् चुलिएको छ । पार्टीले तटस्थसमेत नबस्न ह्वीप जारी गरे पनि ११ सांसद अनुपस्थित भए पनि २२ जनाले देउवाको पक्षमा मतदान गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दै माधवकुमार नेपाललगायतका नेताहरु । देउवालाई विश्वासको मत […]
काठमाडौँ — अन्तिम संवैधानिक विकल्पबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार विश्वासको मत पाएसँगै राजनीतिक अनिश्चय हटेको छ । देउवा नेतृत्वको सरकारले अब डेढ वर्षको कार्यकाल पूरा गर्न सक्ने अवसर पाएको छ भने सर्वोच्च अदालतले दुई पटक पुनःस्थापना गर्दा पनि जोखिममा पुगेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ । आइतबार संसद् बैठकपछि निस्कँदै गरका निवर्तमान प्रधानमन्त्री केपी शर्मा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको सोमबार स्थलगत निरीक्षण एवम् अनुगमन गर्दैछन् । मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप सोमबार देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत […]
काठमाडौँ — सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन सुरु भएको छ । केहीबेरअघि संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् ।विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । अदालतको परमादेशअनुसार असार २९ […]
नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा छन् । माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेको कारण संसद पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका […]
काठमाडौँ — नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आइतबार प्राप्त पत्र अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी स्थायी कमिटीले ह्वीप लगाउने निर्णय गर्नु गलत भएको बताएका छन् । उपाध्यक्ष गौतमले संविधानको धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय गर्नु गलत भएको बताए । ‘धारा ७६(५) बमोजिम मतदान गर्दा ह्वीप नलाग्ने संवैधानिक इजलासले व्याख्या गरेपछि ह्वीप लाग्ने निर्णय […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ।च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्। एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। ‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न’, […]
साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।
काठमाडौँ — एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्न बैठक सुरु भएको हो । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको […]
काठमाडौँ– एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय […]
नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए । २०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता […]
३ साउन, जनकपुर । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको रेल्वे ट्र्याकको गति परीक्षण गरिंदै छ । आइतबार प्रतिघण्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार रेल्वे लिकको ‘स्पिड’ र ‘सर्टिफिकेशन’ गर्ने काम […]
मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम […]
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक […]
२ साउन, धनगढी । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ । शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । […]