होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु
समाचार

मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु

  • नागरिक रैबार
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु

१ साउन, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य पुन: सुचारु भएको जनाएको छ ।

आयोगले शुक्रबार विज्ञप्ता जारी गर्दै सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनर्स्थापना भएका कारण पुर्वमितिमा निर्वाचन नहुने भन्‍दै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यलाई सुचारु गरेको जनाएको हो ।

 

विज्ञापन

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतको मिति २०७८-०३-२८ गतेको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति २०७८-०४-०३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट मिति २०७८-०४-०१ मा निर्णय भएको छ ।’

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार