होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा बाल विवाह र मदिराकै कारण बाजुरामा मुद्दा बढे : जिल्ला न्यायधिस घिमिरे
समाचार

बाजुरामा बाल विवाह र मदिराकै कारण बाजुरामा मुद्दा बढे : जिल्ला न्यायधिस घिमिरे

  • नागरिक रैबार
बाजुरामा बाल विवाह र मदिराकै कारण बाजुरामा मुद्दा बढे : जिल्ला न्यायधिस घिमिरे

नागरिक रैबार/बाजुरा १ साउन। बाजुरा जिल्ला अदातलका न्यायधिस माधप प्रसाद घिमिरेले बाजुरामा बाल विवाह र मदिरा सेवनकै कारण देखिएका मुद्दाको संख्या धेरै रहेको बताएका छन् । सामाजिक सम्बन्ध र संस्कारसँग जोडिएका सम्बन्ध विच्छेद र जबजरजस्ती करणकी मुद्दा बढी आएकोमा न्यायधिस घिमिरेले चिन्ता व्यक्त गर्नु भएको छ ।

सानै उमेरमा प्रेम विहे गरेका, सन्तान जन्मीसकेका सामान्य खटपट भएकै व्यक्तिहरुले सम्बन्ध विच्छेद माग्ने गरेको जिल्ला न्यायधिस माधव प्रसाद घिमिरेले बताएका छन् ।

प्रेम हुनु राम्रो हो, प्रेम पछि नै विहे हुँदा सम्बन्ध बलियो हुने हो, तर सानै उमेरमा प्रेम भएर विहे भएका अधिकांश सम्बन्ध टुट्नु दुखत विषय हो, न्यायधिस घिमिरेले भन्नु भयो । मुद्दाको प्रकृति हेर्दा पनि बाल विवाह र मदिरा नै प्रमुख कारण देखिने गरेको घिमिरेको निष्कर्ष छ ।

विज्ञापन

२ वर्षदेखि जिल्ला न्यायधिसको भूमिकामा रहनु भएका घिमिरेले जबरजस्ती करणीका मुद्दाहरुमा धेरै विषय बनावटी हुने गरेको भएपनि प्रमाणले दोषी ठहर हुँदा सामाजिक सद्भाव नै बिग्रीने अवस्था आएको बताउनु भएको छ । पुरुष दोषी जस्तो देखिएपनि महिलाले पनि जिम्मेवार र परिपक्कता देखाउनु पर्ने सुझाव घिमिरेको छ ।

न्यायधिस घिमिरेले पहिले सहमतिमा सम्बन्ध राखिएको र पछि कुरा नमिले पछि मुद्दा दर्ता गर्नेगरेको परिपार्टीले सामाजिक द्धन्द्ध निम्त्यिाउने चिन्ता व्यक्त गरेका छन् । जबरजस्ती करणीका मुद्दामा सबैघटनासँग मदिरा जोडिएको बताउनु भएको छ ।

मदिरा खाएर सम्बन्ध भएको भन्ने बयान सबै मुद्दामा देखिन्छ, यस्ता आरोप र घटना सबै मुद्दामा उल्लेख भएको पाइयो घिमिरेले भन्नु भयो । सम्बन्ध बिच्छेदबाट परिवार ध्यस्त हुन्छ, सन्तानले दुख पाउँदा, जबरजस्ती करणी प्रमाणित हुँदा व्यक्तिको जीवन नै सकिन्छ, त्यस कारण सचेत हुन आग्रह गरेका छन् ।

२० वर्ष नपुगी विहे नगर्ने र १८ वर्ष तलको शारिरीक सम्बन्ध सहमतिमै भएपनि बलात्कार ठहरिने कानुनी व्यवस्थालाई रेडियोले गाउँ गाउँमा सन्देश पुर्याउनु पर्ने सुझाव दिनु भएको छ । न्यायीक समितिको अधिकार न्याय सम्पादनका लागि भएपनि पुरै न्याय निरुपरण गर्ने अदालत नै हो, भन्ने कुरा बुझाउन पनि जरुरी रहेको बताएका छन् ।

घिमिरेले पुराना हातहतियारकै कारण धेरैले दुख पाएको बताएका छन् । लामो समय नविकरण नगरि खाली घरमा राखेको अवस्थामा पनि धेरैले दुख पाएकोले प्रशासनलाई खबर गरेर बुझाउने वातावरणका लागि पहल गर्न आग्रह गर्नु भएको छ ।

वैतनिक सेवामा राखिएका वकिलको बारे उठाइएको प्रश्नमा न्यायधिस घिमिरेले सेवा दिनु कर्तव्य हुने बताएका छन् । राज्यले तोकेको समुदाय वा व्यक्तिलाई निशुल्क सेवा दिनु कर्तव्य भएकोले यसमा जनतालाई सचेत गराउनु पर्ने बताएका छन् ।

२ वर्षको बसाइमा अदालतको घर निर्माणका लागि जग्गा लिन र घर निर्माणको काम थालनी गर्न सफलता मिलेकोमा खुसी व्यक्त गरेका छन् । जिल्लाका सबैजसो स्थानीय तह र २ वटा क्याम्पसमा पुगेर कानुनी सचेतना दिएको र त्यसले पनि सकारात्मक प्रभाव परेको घिमिरेको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार