होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
म्यानमारमा सैनिक ‘कू’ भएयता ७५ जना बालबालिकाको मृत्यु भएको र झन्डै १ हजार नाबालिग पक्राउ परेको विश्वासिलो सूचना प्राप्त भएको राष्ट्रसंघले जनाएको छ । कोभिड १९ ले सिर्जना गरेको स्वास्थ आपतकालबीच देशमा राजनीतिक संकट गहिरिँदै गएको पनि राष्ट्रसंघका विज्ञहरुले जनाएका छन् । ‘म्यानमारका बालबालिका कब्जामा छन् र सैन्य ‘कू’ का कारण जीवनको विध्वंशकारी क्षति व्यहोर्दैछ’ […]
२ साउन, राँझा । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए । उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । […]
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् […]
अछाम– अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो। दुई जना बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले शव कसको हो भन्नेबारे पत्ता लागि नगसकेको […]
डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा हरिप्रसाद भट्टले उम्मेदवारी दिने भएका छन्। शनिबार नेपाली काँग्रेसका नेता एवं अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकको नेतृत्वमा जिल्ला सदरमुकाममा बसेको भेलाले भट्टलाई पार्टीको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने […]
धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जोशीपुर गाउँपालिका–२ का २६ वर्षीय पदम चौधरीको ज्यान गएको हो। बुधबार गड्डाचौकी जोड्ने पूर्व–पश्चिम राजमार्गस्थित दोदा नदी नजिक एक गाई सवारी साधनको ठक्करबाट मरेको थियो। झलारी बजार नजिक्कै एक […]
काठमाडौंको नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग […]
ओखलढुंगामा अत्याधिक रक्तश्रावका कारण एक सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेका ३२ वर्षीय सुत्केरी सुनिता लामिछानेको अत्याधिक रक्तश्रावका कारण ज्यान भएको हो । बिहीबार बेलुकादेखि सुत्केरी बेथा लागेर छट्पटाएकी लामिछानेले शुक्रबार बिहान परिवारको तेस्रो सदस्यको रुपमा छोरीलाई जन्म दिएकी थिइन् । छोरीलाई जन्म दिएको केही समयपछि अत्याधिक पेट दुख्ने तथा रगत […]
जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुँदा रक्त सङ्कलनमा समस्या भएको बताए । उनका अनुसार यस वर्ष मात्रै २०० युनिट रगत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रदान गरेका थिए । बिरामीलाई […]
भारतको सरकारले नै कोभिड १९ को महामारीको तेस्रो लहरको खतरा रहेको सरकारले जनाएको छ । भारतको सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउनसक्ने बताएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो । भारत सरकारको स्वास्थ्य सम्बन्धी अनुसन्धान गर्ने निकाय नेशनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भि के पाउलले सो चेतावनी […]
नागरिक रैबार/बाजुरा २ साउन । जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ को वडा कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा वडामा भए गरेका कामहरुको बार्षिक प्रगति समिक्षा कार्याक्रम गरेको छ । वडापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखा जोखा सार्वजनिक गरेको हो । वडाबाट संचालन गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले […]
धनगढीः डोटीमा तीन जंगली च्याउ खाँदा तीन जना बालक बिरामी भएका छन्। शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन्। तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। […]
अघिल्लो आइतबार कवि श्रवण मुकारुङ ‘बौलाए’ । सम्भवतः उनको टाउको फनफनी घुम्यो । आँखा तिर्मिर-तिर्मिर भए । उनको दुःखेसो त, ‘नाथे स्वास्थ्य क्षेत्र शुद्धीकरण नगरेकोमा’ थियो । तर, उनलाई दशा लाग्यो । आफ्नै पैतालाले कहाँ टेकिएको छ ? भेउ पाएनन् । उनी रन्थनिए । बिहान ११ नबज्दैको घटना । नागरिक आन्दोलनमा सम्मिलित भएर सिंहदरबारनिर मात्र […]
दार्चुला — छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् । ७७ वर्षीया राधा बोहरा पनि पतिसँगै छाङरुमा छिन् । छोरा हेमेन्द्रसिंह […]
पोखरा — सेती नदीमा हामफाल्न खोज्दा जालीमा अड्किएकी १७ वर्षीया किशोरीलाई प्रहरीले जेठ १८ मा पोखराको केआई सिंह पुलबाट उद्धार गर्यो । मानसिक रूपमा विक्षिप्त रहेकी उनलाई वडा प्रहरी कार्यालय बगरले महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था कोपिला नेपालमा पठायो । एक महिनासम्मको मनोसामाजिक परामर्शपछि किशोरी बल्ल बोल्न सक्ने भएकी छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी […]
नागरिक रैबार/बाजुरा २ साउन । बाजुरामा मुद्दा दर्ता गर्ने क्रम बढ्दो क्रममा रहेको पाइएको छ। जिल्ला अदालत बाजुराको तथ्याङ्कअनुसार गत १० वर्षको अवधिमा आर्थिक वर्ष ०७७/०७८ मा सबैभन्दा बढी मुद्दा दर्ता भएका पाइएको हो। आर्थिक वर्ष ०६७/०६८ मा ३३ मुद्दा, ०६८/०६९ मा ४३ मुद्दा, ०६९/०७० मा ४६ मुद्दा, ०७०/०७१ मा ५७ मुद्दा ०७१/०७२ मा ४९ […]
२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार […]
धनगढी : सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो। सार्वजनिकभाडादर अनुसार सुदूरपश्चिमकाे एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ। सार्वजनिक भएको सूचीअनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। […]
काठमाडौँ — नेकपा (एमाले)ले सर्वोच्च अदालतको आदेशको विरोधमा देशभर भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार संघीय संसद् भवनस्थित ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतले मुलुकलाई निर्दलीय व्यवस्थातर्फ लैजानेगरी फैसला गरेको भन्दै त्यसविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले संविधानको अपव्याख्या गरेर र दलीय व्यवस्थाको उपहास […]
१ साउन, जनकपुरधाम।सर्लाहीमा ७७ किलो लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय, मलगंवाका अनुसार हरिवन नगरपालिका वडा नम्बर २ स्थित अत्रौली खोला नजिकबाट स्थानीय अशोक कुमार लामालाई गाँजासहित पक्राउ गरिएको छ । बा.५२ १९३२ नम्बरको मोटरसाइकलमा सबार लामालाई गाँजासहित नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । लामासँगै […]