होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको गत साउन ७ मा हत्या भयो । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । सोही पल्टनका जवान गंगाधर ढकाल बिदा लिएर […]
हुम्ला २४ साउन । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको […]
हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो । कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ […]
लण्डन:साउन २४। भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन्। उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छिन्। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्। वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी […]
धनगढीःसाउन २४ सुदूरपश्चिमको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक आन्तरिक पर्यटकको रोजाईमा परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। जसलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ। खप्तडकै जस्ता फाँटहरु भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको स्थानीय लक्ष्मण ओलीले बताए। ‘खप्तडको प्रवेशद्वारमा पर्ने […]
हाम्रो समाजमा विवाहलाई निकै पवित्र मानिन्छ। म पनि मान्छु। मान्नुपर्छ पनि। तर आज म विवाह पश्चात छोरी मान्छेको जीवनमा आउने फरकपनमा प्रकाश पार्न चाहन्छु। मैले धेरै विवाह समारोहमा उपस्थित भएर त्यो खुसीको भागिदार मात्र नभएर त्यसलाई सामाजिक मान्यता पनि दिएको छु। तर म त्यो परिस्थितिमा आफूलाई स्वीकार नभएको कुरा राख्न भने सकिनँ। ‘समाजले कोरेको रुपरेखा […]
धनगढी : साउन २४ ।कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा […]
धनगढी : २४ साउन । प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४ लाख २० हजार नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो। […]
काठमाण्डाैँ २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शितलनिवासमा शनिबार अपरान्ह राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी र नेता रावलबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेता रावल वरिष्ठ नेता माधवकुमार […]
ललितपुरको हिमालय कलेज अफ इन्जिनियरिङ कलेजमा आन्दोलनरत विद्यार्थीहरूमाथि प्रहरीले लाठी प्रहार गर्दै बल प्रयोग गरेको छ । मंगलबार कलेज शुल्क कम गर्न माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले लाठी प्रहार गरेको हो । महामारीका कारण अनलाइन कक्षा सञ्चालन भएका कारण क्याम्पस शुल्कमा छुट माग्दै विद्यार्थीहरुले ६ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।उनीहरुले गत १७ गते […]
राष्ट्रियसभा सदस्य कोमल वलीले अहिलेको नेपाली काँग्रेस र तिनका नेताहरु वीपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले वीपी कोइरालाले हिमालयसम्म सुरक्षा छातामा राख्ने भारतको प्रस्तावलाई ठाडै अस्वीकार गरेको र चीनले एकजना नेपाली नागरिक मारेको घटनाको तत्काल विरोध जनाएको स्मरण गराइन् । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक नदीमा बेपत्ता […]
२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो । नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । ‘केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ । अहिले स्थायी कमिटीका नेताहरु […]
धनगढी : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्हरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ […]
धनगढी : जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएकोछ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो। दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले […]
अमेरिकी टेलिभिजन च्यानल सिएनएनले कोरोनाभाइरसविरूद्धको खोप नलगाइकनै अफिस आउने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको छ।कम्पनीका अध्यक्ष जेफ जुकरले स्टाफहरूलाई बिहीबार दिएको मेमोमा तीन कर्मचारीलाई बर्खास्त गरिएको उल्लेख गरेका छन्। उनले अरू कर्मचारीलाई पनि कार्यालयमा आउन खोप अनिवार्य लगाउनु पर्ने बताएका छन्। जागिरबाट निकालिएका कर्मचारीहरू को हुन् र उनीहरूको सिएनएनको कुन अफिसमा काम गर्थे भन्ने खुलाइएको […]
कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोनाजस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका […]
घुस लिन अस्वीकार गर्दै उल्टै घुस दिन खोज्नेलाई कानुनी दायरामा ल्याउने ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइएको भने अन्यलाई खादा ओढाएर […]
कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले नेपालतर्फ पनि आएर […]