होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो : दार्चुला घटना
समाचार

छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो : दार्चुला घटना

  • नागरिक रैबार
छानबिन टोली हेलिकप्टर चढेर मालघाट पुग्यो : दार्चुला घटना

कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले नेपालतर्फ पनि आएर छानबिन न गर्नुपर्ने माग गरेका थिए ।

यही साउन १५ गते एसएसबीले तुइन चुडाइदिंदा व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । तर, भारतीय पक्षले पनि यो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गर्दै आएको छ ।

घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन न टोली गठन गरेको छ । सो टोली सात दिनपछि घटनास्थल पुगेर तुइन चुडाइएको स्थानको नापजाँच गरेको छ ।

विज्ञापन

छानबिन न टोलीलाई सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन १० दिनको समय दिइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार