होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछामः अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ।कक्षा ११ को लेखा विधिका सिद्धान्तको प्रश्नपत्र बाहिरीएको खबर प्रमाणसहित विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरस्वती माध्यमिक विद्यालय जयगढलाई उक्त विषयमा स्पष्ट पार्न इकाईले पत्र पठाएको हो। साथै विद्यालयलाई प्रश्नपत्रको गोपनियता भंग गरेमा शिक्षा ऐनको नियम १७(१क) बमोजिम दण्ड […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, […]
रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता […]
सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा […]
कैलाली- महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैँयाको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने […]
धनगढीः पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया किशोरी बलात्कृत भएकी छन्। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ। सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा […]
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर […]
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले […]
धनगढीःसाउन २४। तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि अध्यक्षमाथि मुक्का प्रहार भएको छ। आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाबाट अध्यक्षमाथि मुक्का प्रहार भएको हो। आठराई गाउँपालिकाका कार्यालयका एक अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हानाहान परेको बताए। उनले भने, ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल […]
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै […]
बलात्कार आरोपमा प्रहरीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ बस्ने मिन बहादुर सारुलाई पक्राउ गरेको छ । २३ वर्षका मिनबहादुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको […]
नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित जिर्ण घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक भएको जनाएको छ । ‘प्रस्तावित सङ्ग्रहालय भवन […]
मनाङ- साउन २४ । मनाङको नार्पाभूमि गाउँपालिकाले ६० प्रतिशत भन्दा बढी पूँजीगत रकम गोरेटो–घोडेटो बाटो निर्माणमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशमै सडक संजाल नपुगेको पालिका हो, नार्पाभूमि । तल्ला क्षेत्रमा चिल्ला सडक निर्माणको प्रतिस्पर्धा चलिरहँदा नार र फु गाउँमा गोरेटो बाटो बनाउनै भ्याई नभ्याई छ । उनीहरुका लागि मोटर चढेर गाउँ पुग्ने सपना आकाशको […]
२४ साउन, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ । आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, […]
डोटीःसाउन २४। विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ। वर्षौपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्। वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने,“सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्ती थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, […]
२४ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने नेता गौतमको भनाइ छ राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए […]