होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन कसले भन्छ योद्धाको जित हुँदैन एकदुई मार हुन सक्छ तर, मुटु इस्पात बन्छ’ पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयुद्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् । बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र […]
२२ साउन, गुल्मी । बाँसको तामा बिक्न थालेपछि गुल्मीका किसानहरुमा उत्साह थपिएको छ । अहिले गुल्मी जिल्लाका विभिन्न स्थानमा किसानहरुले बाँसको तामा बेचेरै दैनिक उपभोग्य लगायतका वस्तुहरुको गुजारा चलाउने गरेका छन् । बारीका छेउछाउमा लगाइएका बाँसहरुमा अरु कुनै मेहेनत गर्नु पर्दैन । साउन महिना लागेसँगै बाँसका झाडीमा तामा टुसाउन शुरु हुन्छ । यो क्रम भदौको […]
सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग खारेजीविरुद्ध सर्वोच्चमा रिट दर्ता गरेका हुन् । निवेदकको रिटमा भूमि आयोग खारेज गर्ने मन्त्रिपरिषदको निर्णयले भूमि सम्बन्धी मौलिक हकको उल्लंघन भएको भन्दै सरकारको उक्त निर्णय बदर गर्न माग गरिएको छ । रिटको पेशी साउन २५ गतेलाई […]
२२ साउन, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो […]
नागरिक रैबार/बाजुरा २२ साउन । हिमाली गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रमेश बिकलाई भिरमाथिबाट खसेको ढुंगा लागेर वडा अध्यक्ष गम्भिर घाइते भएका छन् ।निर्माणाधिन स्वास्थ्य चौकीको अनुगमन गर्न गएको बेला भिरबाट खसेकोे ढुंगा लागेर घाइते भएका हिमाली गाउँपालिकाका रोजगार संयोजक बिर्खराज पाण्डेले बताएका छन । वडा अध्यक्षको टोली फैतीको स्वास्थ्य चौकीमा अनुगमन […]
शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ । सरकारले आफ्नो प्राथमिकतामा कोरोना नियन्त्रणलाई राखेको छ । यसका अतिरिक्त संविधान संशोधन, प्रशासनिक सुधार एवं आर्थिक सामाजिक एजेन्डाहरुका […]
२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् । मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ […]
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि […]
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय […]
म्याग्दीको एउटा परीक्षा केन्द्रमा सात दिनको नवजात शिशुलाई काखमा च्यापेर एक सुत्केरी छात्राले परीक्षा दिइरहेकी छन् । जारी कक्षा ११ को परीक्षामा धवलागिरि गाउँपालिका–४ मुदी घर भई सदरमुकामस्थित प्रकाश माध्यमिक विद्यालयमा पढ्दै गरेकी कक्षा ११ की परीक्षार्थी चनिषा घर्तीमगर सुत्केरी अवस्थामै परीक्षामा सहभागी भएकी हुन् । विद्यालयको शिक्षा शास्त्र विषय समूहमा अध्ययनरत मगरले पाँच ओटा […]
२१ साउन, पाल्पा । आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन्। दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् । निस्दी गाउँपालिका-२ आनन्दी भन्ज्याङ्स्थित बालहित माविको एक […]
विमानस्थल प्रहरीले भरियामार्फत नेपाल ल्याइएको करिब आधा किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान ८ बजे विमानस्थलको आगमन कक्षबाहिर शंकास्पद अवस्थामा भेटिएका रिसब महतोलाई रेकी गर्दा प्रहरीले झण्डै आधा किलो सुन बरामद गर्न सफल भएको हो । प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेर १० मिनेटमा सिरहाको धनगढीमाई ८ घर भएका रिसब महतो […]
अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहज […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]
धनगढीः एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कवड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ। विसं २०४० का दशकमा मुलुककै कवड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ। जिल्ला खेलकूद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका […]
काठमाडौँ — मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति गरेसँगै स्थायी शिक्षक पदपूर्ति, बढुवा र स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको बाटो खुलेको छ । पदाधिकारी सिफारिस भएको सात महिनापछि सरकारले मंगलबार आयोगमा अध्यक्षसहित दुई सदस्यलाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्षमा पूर्वसचिव मधुप्रसाद रेग्मी, सदस्यहरूमा पूर्वसहसचिव डिल्लीराम रिमाल र पूर्वप्रधानाध्यापक नन्दकुमारी महर्जन छन् । आयोगका प्रशासकीय प्रमुख दिनेशकुमार […]
धनगढी : धनगढीका विभिन्न क्षेत्रमा फेरि बाघ देखिन थालेको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयले बताएका छन्। वडा नम्बर ३ का पदम बिष्टले बाघले आतङ्क मच्चाउन थालेको गुनासो गरे। ‘वडा नम्बर ३ मै रहेको डिलाशैनी सामुदायिक वन भएर आउने बाघ बेलाबेला बस्ती पसेको छ। अहिलेसम्म चार बाख्रा […]
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]
२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना महामारीका बेला जोखिम मोलेर काम गरेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहबीचको आपसी समन्वय अभाव र मतभेदका कारण दोस्रो लहरको कोरोना संक्रमणका बेला संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएका हुन् । संक्रमितको उपचारमा रातदिन खटिएर पनि राज्यले कानून […]
नागरिक रैबार/बाजुरा २१ साउन । बाजुराका एक बालकमा कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिएको छ। जिल्ला अस्पताल बाजुराबाट धनगढी हुँदै काठमाडौँ रेफर गरिएका १० वर्षीय बालकमा डेल्टा भेरियन्ट प्लस देखिएको हो। एन्टिजेन जाँच गर्दा नेगेटिभ देखिएका उनको केही दिन निमोनियाको उपचार गरिएको जिल्ला अस्पतालले जनाएको छ। ती बालकको काठमाडौँमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र अहिले सञ्चो […]