होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सैनिक हत्यामा ब्यारेकबाट चोरी भएको ‘एसएमजी’ प्रयोग
समाचार

सैनिक हत्यामा ब्यारेकबाट चोरी भएको ‘एसएमजी’ प्रयोग

  • नागरिक रैबार
सैनिक हत्यामा ब्यारेकबाट चोरी भएको ‘एसएमजी’ प्रयोग

चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको गत साउन ७ मा हत्या भयो । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । सोही पल्टनका जवान गंगाधर ढकाल बिदा लिएर उनीसँगै चितवन गएका थिए ।  चितवनका एसपी ओम अधिकारीका अनुसार हत्यामा नेपाली सेनासँग रहेको स्वचालित सट मेशिन गन (एसएमजी) प्रयोग गरिएको थियो ।

सैनिक जवान ढकालले सो हतियार २ वर्षअघि सैनिक ब्यारेकबाट चोरेको अनुसन्धानबाट खुलेको हो ।
हत्या आरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । मृतक गुरुङ चाहिँ धादिङको निलकण्ठ नगरपालिकाका स्थानीय हुन् ।

विज्ञापन

सेनाको आन्तरिक अनुसन्धान र प्रहरीको अनुसन्धानबाट पनि हत्यामा प्रयोग गरिएको एसएमजी चितवन स्थित कालीबहादुर गणबाट चोरिएको हतियार पुष्टि भएको छ । नेपाली सेना र प्रहरीले त्यसबारे औपचारिक जानकारी दिन चाहेको छैन ।

कालिबहादुर गणबाट २ वर्षअघि हतियार चोरी भएको थियो । हतियार चोरेको आरोपमा दुईजना सैनिक जेलमा छन् । तर, पछिल्लो अनुसन्धानबाट गंगाधर ढकालले अङ्कुसेले तानेर हतियार चोरेको पुष्टि भएपछि सैनिक अदालतको आदेशले थुनामा गएका दुईजना सैनिक ‘निर्दोष त हैनन् ?’ भन्ने प्रश्न पनि उठेको छ ।

सबुज गणबाट ढकाल चितवनको कालीबहादुर गणमा सरुवा भएका थिए । त्यहाँ हतियार चोरेर उनले दुई वर्षसम्म लुकाउन सफल भए । कालीबहादुर गणबाट उनी महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा सरुवा भएका हुन् ।
प्रहरीले पक्राउ गर्दा ढकालको साथमा एसएमजी फेला परेपछि हतियारबारे नेपाली सेनाले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ ।
‘हामीपनि आन्तरिक अनुसन्धान गरिरहेका छौ’ सैनिक प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले  भने, ‘हतियार कसरी त्यहाँ (चितवन) पुग्यो भनेर हामी आन्तरिक तर्फबाट जवाफ खोजिरहेका छौँ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार