होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका वडा नम्बर २ को तुम्कोटमा लगातारको वर्षापछि आएको पहिरोले ठूलो क्षति पुगेको छ । एक सातासम्मको लगातारको वर्षापछि आएको बाढीले तुमकोटको एक होटल, खानेपानीको पाइपलाइन, सिँचाइ कुलो बगाएर लगेको स्थानीय छपाल लामाले जानकारी दिए । मंगलबार राती आएको वर्षासहितको बाढीले स्थानी घरमा ठूलो क्षति पु-याएको लामाले बताए । ‘बाढीले गाउँका अधिकांश […]
२१ साउन, काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् । यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको […]
जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवकलाई डोरीले बाँधेर कुटपिट गरी यातना दिएको आरोपमा उनी पक्राउ परेका हुन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जाजरकोट प्रहरीले उनलाई […]
२० साउन, काठमाडौं । सरकारले साउन २३ देखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि यो अभियान सञ्चालन गरिने बताए । ‘म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु,’ म जिम्मेवार नेपाली […]
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ । धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका […]
२० साउन, डोटी । जिल्ला अस्पताल डोटीमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच-सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको हो । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०-७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उनले बताए । उनले […]
२० साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले बोटे माझी सस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ ।गाउँपालिकाले वडानम्बर-१ अस्लेवामा रुद्रावेनीका १० जना बोटे माझी समुदायका युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो । जाल वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले पुर्खाले गर्दै आएको आफ्नो कला, सीप, सस्कृति संरक्षणमा बोटे माझी युवाहरुलाई […]
कालिकोटको रास्कोट नगरपालिका–२ चुडिमुलमा विद्युत्को तार सर्ट हुँदा एक घर जलेर नष्ट भएको छ । मङ्गलबार अपराह्न ४ः ०० बजे विद्युत् सर्ट हुँदा सहदेव सिम्खडाको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेका बालबालिका तत्कालै बाहिर निस्केर ज्यान जोगिएको स्थानीयवासी अमरराज सिम्खडाले जानकारी दिए । “घरमा बालबालिका खेलिरहेको बेला […]
काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने निर्णयको राष्ट्रिय सभामा विरोध भएको छ ।बुधबारको राष्ट्रिय सभामा शून्य समयमा बोल्दै चक्रप्रसाद स्नेहीले भने, ‘लाखौंलाख सुकुम्बासीहरु, मोहीहरु थिए त्यसलाई आयोग बनाएर प्रत्येक दिन पूर्जा वितरण भइरहेको थियो, त्यो आयोगलाई विघटन गरेर जनतामार कार्यक्रम ल्याएको हुनाले धन्यवाद दिन चाहान्छु ।’ वर्तमान सरकारले दिनप्रतिदिन जनतामारा कार्यक्रम ल्याइरहेको […]
२० साउन,फिदिम । कोभिड-१९ दोस्रो लहर जिल्लामा फैलनुअघि नै ज्येष्ठ नागरिकहरु तथा अत्यावश्यक सेवाका व्यक्तिहरुलाई कोभिशिल्ड खोप दिन थालिएको थियो । दोस्रो डोज नआए पनि १३ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाए जिल्लामा । त्यसपछि आउन थाल्यो भेरोसेल । यस पटकसम्म तीनपटक भेरोसेल खोप लगाउने अभियान चलिसक्यो । यस क्रममा ६० वर्षका नागरिकदेखि कर्मचारी, जनप्रतिनिधि लगायतले […]
बझाङ। गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ ।सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल चौधरीका अनुसार प्रहरी टोली पहिरो गएको स्थानमा गएको र अहिले टोली सोही ठाउँमा नपुगेका कारण क्षतिको विवरण आउन बाँकी रहेको […]
धनगढी । कैलालीमा एक सशस्त्र प्रहरी जवान कार्यालय परिसरमा मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण हेडक्वाटर कैलालीमा कार्यरत सशस्त्र प्रहरी जवान डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय हरिशकुमार शाही मृत अवस्थामा फेला परेका हुन् । शाही कार्यालय परिसरभित्र उत्तरतर्फको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला […]
काठमाडौँ — कीर्तिपुर नगरपालिका–१० का वीरेन्द्र शाक्यको टुझोलमा एक आनामा बनेको घर छ । २०५५ असारमा बनेको सुकुम्बासी आयोगले कीर्तिपुरलाई प्राथमिकतामा राखेर काम गर्ने भनेपछि उनी त्यतिबेला लालपुर्जा पाउने आसमा हर्षित थिए । तर गठन भएको ५ महिनामै आयोग खारेजपछि आशा निराशामा परिणत भयो । उनले २०५५ यता ७ पटक त्यस्तै निराशा भोगिसके । पछिल्लोपटक २०७६ मा गठित आयोग […]
धनगढी : सुदूरपश्चिम घर भएका दुई बालबालिकाको भारतमा मृत्यु भएको छ। बाजुराको बुढीगंगा नगरपालिका–५ का मानबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको मृत्यु भएको हो। उनीहरुको परिवार भारतको दिल्लीस्थित शालिमारबागमा बस्दै आएको थियो। अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले क्लिनिकको औषधि खाएपछि उनीहरुको मृत्यु भएको जानकारी दिए। औषधि […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम बाहेकका सबै ६ वटै […]
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट मकवानपुर जिल्लामा क्षति पुगेका कूल ४०९ सामुदायिक विद्यालयमध्ये हालसम्म कूल ३७५ वटा विद्यालयको भवन पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) अन्तर्गतको मकवानपुरस्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) हेटौँडाका अनुसार गत आर्थिक वर्ष ०७७/७८ सम्म जिल्लाभित्र कूल ३७५ विद्यालयको कूल एक हजार […]
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका-२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली (नवीन परियार) लाई कुटपिट […]
२० साउन, धनगढी । भारतीय पक्षले तुइन चुडाइदिंदा महाकाली नदी तर्दै गरेका नेपाली युवक खसेर बेपत्ता भएको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली दार्चुला पुगेको छ । गृहमन्त्रालयका सहसचिव जनार्दन नेपाल नेतृत्वको टोलीले आजबाट काम थालेको छ । १५ साउनमा व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले डोरी चुडाइदिएपछि […]
सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई […]
१९ साउन, काठमाडौं । आर्थिक वर्ष ०७७/०७८ मा १ लाख ७ हजार ३५२ लाभग्राहीले भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनर्निर्माण पुरा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको बाषिर्क समीक्षा गोष्ठीमा सार्वजनिक तथ्यांकअनुसार यो आवमा ३१ हजार ३५९ लाभग्राही पहिचान भएका छन् । ४१ हजार ७३८ हजारले भने अनुदान सम्झौता गरेका छन् । ४७ हजार ३८४ ले […]