होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आन्तरिक पर्यटकको रोजाइमा डोटीको ‘मिनी खप्तड’
समाचार

आन्तरिक पर्यटकको रोजाइमा डोटीको ‘मिनी खप्तड’

  • नागरिक रैबार
आन्तरिक पर्यटकको रोजाइमा डोटीको ‘मिनी खप्तड’

धनगढीःसाउन २४ सुदूरपश्चिमको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक आन्तरिक पर्यटकको रोजाईमा परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। जसलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ।

खप्तडकै जस्ता फाँटहरु भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको स्थानीय लक्ष्मण ओलीले बताए। ‘खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक क्षेत्रमा सुन्दर फाँटहरु छन्,’ उनले भने, ‘विशेषगरी शनिबार यस क्षेत्रमा आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन्।’

डोटीको सदरमुकाम दीपायल सिलगढी लगायत अन्य स्थानहरुबाट आन्तरिक पर्यटकहरु बगलेकमा पुग्ने गरेका छन्। विभिन्न कारणबस खप्तड जान नसकेकाहरुले बगलेकमै पुगेर खप्तडको आनन्द लिने गरेको स्थानीय बताउँछन्।

विज्ञापन

बगलेकसम्म पुग्ने सडक कालोपत्रे भएपछि आवतजावत गर्न झनै सहज भएको छ। खप्तड जस्तै पाटन, घोडामा यात्रा, वनभोज लगायतको आनन्द बगलेकमै पाइने गरेको त्यहाँ पुग्ने पर्यटकहरु बताउँछन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार