होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
२६ साउन, धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय […]
२६ साउन, काठमाडौं । नेपालमा एक वर्षको अवधिमा करिब ३४ सय मानिस कामदार भिसा लिएर नेपाल आएका छन् । नेपालबाट भने विभिन्न अवसरको खोजीमा ३ लाख भन्दा बढी नेपाली विदेशीएका छन् । अध्यागमन विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ को १२ महिनाको अवधिमा उक्त संख्यामा विदेशीहरु कामदार भिसा लिएर नेपाल आएका हुन् । विभागका अनुसार अध्यागमन […]
कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको सङ्ख्या बढ्दै गएको छ । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएको तिनको सङ्ख्या बढ्दै हो । जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न तीन वर्षअघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले सो नदीमा जथाभावीरूपमा माछा मार्न बन्द गराएका थिए । कैलालीका […]
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको सातौँ बैठक बस्दैछ । प्राधिकरणका अनुसार मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदबाट विगतमा भएका निर्णयहरु र कार्यान्वयनका अवस्थाबारे छलफल हुनेछ । प्राधिकरणको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।
नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा १५५ बोरा चामल गाडिएको हो । असिना परेर मकै र धानबाली नष्ट भएपछि स्थानीयवासीलाई भोकमरीको चपेटामा पर्न नदिन पाँच ट्रकभन्दा बढी चामल खरिद […]
काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाको यथार्थ चित्र देखिने गरी सरकारले श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले मंगलबार व्यवस्थापिका संसदमा देशको आर्थिक अवस्थाको बारेमा जानकारी गराउन लागेको संसद सचिवालय स्रोतले जनएको छ । उनले मन्त्री नियुक्त भएलगत्तैको पत्रकार सम्मेलनमा श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था कस्तो हालतमा छ […]
काठमाडौँ: नवलपरासीको बर्दघाटमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षकको मृत्यु भएको छ। सोमबार राति ९ बजे लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी निरीक्षक कपिल वाग्ले गम्भीर घाइते भएका प्रहरीले बताएको छ। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा गएराति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ। उनी पैदल हिँडिरहेका बताइएको छ। इलाका […]
२६ साउन, कर्णाली । कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृत्यु भएको छ । यसै महिनामा उनीहरुको मृत्यु भएको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा […]
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठ दिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म […]
नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ […]
राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनद्वारा जारी साझा न्यूनतम कार्यक्रममा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ । जनमोर्चाको मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाको सहमति नरहेको स्पष्ट पारेका हुन् । ‘त्यसमा राष्ट्रिय जनमोर्चाको नाम उल्लेख गरिएको छैन । राजमो गठवन्धनमा […]
डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठ गाउँ उच्च जोखिममा पर्दै आएका छन्। नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन। कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन्। ती क्षेत्रमा बसोबास गर्ने नागरिक बर्सातको समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको […]
प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गरिन्छ । नियमित तालिका अनुसार २०७८ जेठ महीनामा नै जनगणना सम्पन्न भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण यो अझै शुरू हुनसकेको छैन । जनगणनाबाट प्राप्त नतिजालाई तुलनात्मक रूपमा हेर्न भनेर गणनाको निश्चित मिति तोकिएको हुन्छ । त्यसैले १२औं जनगणनाको प्रक्रिया र नतिजा सार्वजनिक हुन ढिलो भएपछि यसले अन्य क्षेत्रमा […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी कार्यालयले […]
२६ साउन, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी […]
धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए। उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक […]
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले सञ्चालन […]