होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः पाल्पामा एक पुरुषद्वारा १३ बर्षीया किशोरी बलात्कृत भएकी छन्। जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा डेरा गरि बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। सारुलाई किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ समेत गरिसकेको छ। सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा […]
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर […]
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए । उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले […]
धनगढीःसाउन २४। तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बूमाथि अध्यक्षमाथि मुक्का प्रहार भएको छ। आइतबार दिउसो गाउँपालिकाबाट भुक्तानी गर्न बाँकी रहेका रकम निकासी गर्न आग्रह गर्दा लेखापाल सुजन थापाबाट अध्यक्षमाथि मुक्का प्रहार भएको हो। आठराई गाउँपालिकाका कार्यालयका एक अधिकारीले नाम नखुलाउने सर्तमा कार्यलयमै हानाहान परेको बताए। उनले भने, ‘अध्यक्ष र लेखापाल थापाबीच भनाभन हुँदैगर्दा हात हालाहाल […]
२४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै […]
बलात्कार आरोपमा प्रहरीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ बस्ने मिन बहादुर सारुलाई पक्राउ गरेको छ । २३ वर्षका मिनबहादुरले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । साउन १९ मा बालिकालाई बलात्कार गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको […]
नेपाल प्रज्ञा–प्रतिष्ठानले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतिदेवीस्थित जिर्ण घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको जनाएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित सङ्ग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक भएको जनाएको छ । ‘प्रस्तावित सङ्ग्रहालय भवन […]
मनाङ- साउन २४ । मनाङको नार्पाभूमि गाउँपालिकाले ६० प्रतिशत भन्दा बढी पूँजीगत रकम गोरेटो–घोडेटो बाटो निर्माणमा खर्च गर्ने भएको छ । गण्डकी प्रदेशमै सडक संजाल नपुगेको पालिका हो, नार्पाभूमि । तल्ला क्षेत्रमा चिल्ला सडक निर्माणको प्रतिस्पर्धा चलिरहँदा नार र फु गाउँमा गोरेटो बाटो बनाउनै भ्याई नभ्याई छ । उनीहरुका लागि मोटर चढेर गाउँ पुग्ने सपना आकाशको […]
२४ साउन, काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि जनाएका छन् । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उनको भनाइ छ । आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भने, […]
डोटीःसाउन २४। विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ। वर्षौपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्। वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने,“सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्ती थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, […]
२४ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम भूमिसुधार लागु गरेर सुकुम्बासी र भूमिहीनको समस्या समाधान गर्नुपर्ने बताएका छन् । भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्न जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य गर्नुपर्ने नेता गौतमको भनाइ छ राष्ट्रिय सभाको विशेष समयमा बोल्दै गौतमले व्यक्तिगत जमिनलाई चलनचल्तीको भाउमा सरकारले खरिद गर्नुपर्ने र भूमि उपयोगको नीति बनाउनुपर्ने बताए […]
चितवनमा नेपाली सेनाका हुद्दा भरत गुरुङको गत साउन ७ मा हत्या भयो । भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा मृत फेला परेका उनलाई सैनिक जवान गंगाधर ढकालले गोली हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङ महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी, टोखामा कार्यरत थिए । सोही पल्टनका जवान गंगाधर ढकाल बिदा लिएर […]
हुम्ला २४ साउन । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो । जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा […]
नागरिक रैबार बाजुरा २४ साउन । कृषि ज्ञान केन्द्र बाजुराले स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ बाहुनी गाउँमा उत्पादित प्याज खच्चडमार्फत ढुवानी गराई बाजुरा जिल्लाको सदरमुकाम मार्तडी लगाएतका स्थानीय बजारहरुमा पुगाईएको छ । बाउँनी गाउँका ४० भन्दबढी स्थानीयले खेतमा उत्पादन गरेको प्याजलाई कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक खापर गाउँपालिका कृषि विकास शाखाको ढुवानी अनुदान […]
उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम) ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बस्नुभएकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको […]
हुम्लामा पहिलोपटक शव जलाउने पक्की घाट बनेको छ । खार्पुनाथ गाउँपालिकाको खार्पुमा कर्णाली नदी र दोजाम कर्णाली मिसिने दोभानमा पहिलोपटक घाट निर्माण गरिएको हो । नदीको तीरमा शव जलाउँदा नदीको बहावबाट बच्न र व्यवस्थित शव जलाउनका लागि घाट निर्माण गरिएको हो । कर्णाली नदीको तीरमा शव जलाउने घाट निर्माण भएपछि मलामीलाई सहज भएको सिमकोट गाउँपालिका–५ […]
लण्डन:साउन २४। भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन्। उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छिन्। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्। वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी […]
धनगढीःसाउन २४ सुदूरपश्चिमको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक आन्तरिक पर्यटकको रोजाईमा परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। जसलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ। खप्तडकै जस्ता फाँटहरु भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको स्थानीय लक्ष्मण ओलीले बताए। ‘खप्तडको प्रवेशद्वारमा पर्ने […]
हाम्रो समाजमा विवाहलाई निकै पवित्र मानिन्छ। म पनि मान्छु। मान्नुपर्छ पनि। तर आज म विवाह पश्चात छोरी मान्छेको जीवनमा आउने फरकपनमा प्रकाश पार्न चाहन्छु। मैले धेरै विवाह समारोहमा उपस्थित भएर त्यो खुसीको भागिदार मात्र नभएर त्यसलाई सामाजिक मान्यता पनि दिएको छु। तर म त्यो परिस्थितिमा आफूलाई स्वीकार नभएको कुरा राख्न भने सकिनँ। ‘समाजले कोरेको रुपरेखा […]
धनगढी : साउन २४ ।कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा […]