होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ भदौ, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार […]
सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघिका […]
समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी समिति बैठक बोलाएको नेता विशाल भट्टराईले जानकारी दिए । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्दैछ । एमाले संसदीय दलको […]
१ भदौ, काठमाडौं । अफगानिस्तानबाट कतार हुँदै १२७ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् आज बिहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । अफगानिस्तानको काबुलबाट अमेरिकी एयरफोर्सले उनीहरुलाई उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट कुबेत हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले […]
धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्। निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार […]
नागरिक रैबार/बाजुरा १ भदौ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्। उनले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि […]
१ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको अहिलेको स्थिति आउनुमा त्यहाँकै नेता जिम्मेवार रहेको प्रतिक्रिया दिएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ताको निर्णयको उनले बचाउसमेत गरे । विद्रोही तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशवासीलाई टेलिभिजनमार्फत् सम्बोधन गर्दै बाइडनले भने, ‘हाम्रा सैनिकहरुले अझै धेरै जोखिम उठाउन सक्थे तर त्यहाँका नेता देश छोडेर भागे ।’ आइतबार […]
सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ५ को तुम्कोट गाउँका स्थानीय बासिन्दा एक घण्टा पैदल हिँडेर नदीको धमिलो पानी ल्याएर खान बाध्य छन् । पानीको मुहान बाढीले बगाएपछि उनीहरू एक घण्टा हिँडेर नदीको पानी ल्याइ पिउन बाध्य भएका हुन् । गत साउन २० गते गएको बाढीले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि खानेपानीका […]
डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक आज बिहानैदेखि वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ । साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन मनाइने यो पर्वको पहिलो दिन हिजो प्रत्येक घरमा […]
१ भदौ, डोटी । डोटी जिल्लामा निषेधाज्ञा एक महिना थपिएको छ ।जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को सोमबार बसेको बैठकले डोटीमा भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ । पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु […]
नागरिक रैबार बाजुरा ३२ साउन जिल्लाकाे बडीमालिका नगरपालिकाले वडा नं ८ का ८० वर्षिया तुले थापालाई मरेकाे भनी घाेषित गरेर उनकाे सामाजिक सुरक्षा भत्ता राेकेकाे पाईएकाे छ । केही दिन अगाडि मात्रै थापा अाफ्नाे सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा पुगेका थिए । बैकमा पुग्दा उहाँकाे मृत्यु भएकाे भनि नगरपालिकाले खाता बन्द गरिदिएकाे थाहा पाएपछि उनी […]
काठमाडौँ — वैदेशिक रोजगारीका लागि अफगानिस्तानको राजधानी काबुल पुगेर झन्डै एकदेखि १८ महिनासम्म कामविहीन भएका नेपाली कामदार अलपत्र परेका छन् । त्यसरी अलपत्र हुनेमध्ये ३० जना कान्तिपुरको सम्पर्कमा आएका छन् । अफगानिस्तानको काबुल । श्रम स्वीकृति नलिई भारतीय बाटो हुँदै काबुलमा पुगेर काम नपाएका नेपाली कामदार अलपत्र परेका हुन् । उनीहरुको उद्धारको जिम्मेवारी कसैले लिएका छैनन् । अलपत्र पर्ने […]
३२ साउन, काठमाडौं । कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सुनसरीको इनरुवाबाट संखुवासभाको तुम्लिङटारसम्मको १ सय ६ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो । प्रसारण लाइनका लागि ३ सय २६ वटा टावर निर्माण गरिएको छ । प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि अरुण […]
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न लिगको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले रियल सोसिडाडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो। जेरार्ड पिक्वेको गोलमा १९ औं मिनेटमा अग्रता बनाएको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटमा पहिलो हाफको इन्ज्युरी समयमा गोल थपे। दोस्रो हाफमा ब्रेथवेटले नै फेरि अर्को गोल गरे। […]
कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ । यस्तो दाबीमा अहिलेसम्म कुनै प्रमाण भेटिँदैन । तर यस्तो दाबी भने आइरहेको छ । चिकित्सकहरु गर्भावस्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनभन्दा पहिले धेरै सोच्ने गर्छन् । यही कारण लामो समयसम्म गर्भवती […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सिएम’ (हेलो मुख्यमन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ। नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै गुनासो नआएको हुनसक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, योजना तथा अनुगमन शाखाका अधिकृत नरेन्द्र शाहले बताए। ‘‘प्रदेश सरकारको अधिकार क्षेत्र र गर्नसक्ने कामका बारेमा जनताको बुझाइमा नै कमजोरी देखियो’’, […]
वीरगन्ज — अख्तियार दुरुपयोगत तथा अनुसन्धान आयोग हेटौंडाको टोलीले नारायणी अस्पतालमा छापामारी अनुसन्धान थालेको छ । सोमबार मध्यान्ह अख्तियारको टोलीले अस्पतालको फार्मेसी विभागमा छापा मारेको आयोगका सूचना अधिकारी विष्णु सापकोटाले जनाए । ‘फार्मेसीमा उजुरी परेपछि अख्तियारको टोलीले छापामारेको हो,’ सूचना अधिकारी सापकोटाले भने । उनका अनुसार टोलीले फार्मेसीको स्टक, म्याद गुज्रेको औषधीको विवरण, खरिद तथा बिक्री सम्बन्धित कागजातहरु […]
जुम्ला- विश्वको सबैभन्दा अग्लो स्थानमा फल्ने काली मार्सी धान अहिलेसम्म सूचीकृत छैन । समुद्री सतहदेखि २ हजार ८ सय ५० मिटर उचाइको जुम्लामा मात्रै फल्ने धान अहिलेसम्म सूचीकृत गर्न कसैले ध्यान नदिएका हुन् । मानव स्वास्थ्यका लागि लाभदायक मानिने यो अन्नबाली केही समयदेखि नेपाली बजारको आकर्षण पनि बनेको छ । तत्कालीन राजा महाराजाले खाने उच्चकोटिको अन्नका […]
धनगढी : कैलालीमा बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको घटना साढे तीन लाखमा मिलाइएको छ। प्रहरी र जनप्रतिनिधिको रोहबरमा साढे तीन लाखमा घटना मिलाइएको हो। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरीले ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोप लागेको थियो। उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का […]
बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले आजबाट ४ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि खुला गरेको छ । नुवाकोट जिल्लाको तल्लो तादी खोलामा ४.९९३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दै गरेको कम्पनीले स्थानीय प्रभावित नुवाकोट बासीहरुलाई कुल पुँजीको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिसेयर रू. १०० अंकित […]