होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले समाजवादी : माधव अध्यक्ष, झलनाथ वरिष्ठ नेता
समाचार

एमाले समाजवादी : माधव अध्यक्ष, झलनाथ वरिष्ठ नेता

९५ सदस्यीय केन्द्रीय समिति निर्माण

  • नागरिक रैबार
एमाले समाजवादी : माधव अध्यक्ष, झलनाथ वरिष्ठ नेता

काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपाल नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन्। नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टीको निवेदन दर्ता गराइसकेको छ।

नेपाल समूहले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब राखेको छ। नेकपा एमाले समाजवादी पार्टीमा नेता नेपाललाई नेपाललाई पहिलो वरीयता तोक्दै ९५ सदस्यीय केन्द्रीय समिति बनाएको नेता राजेन्द्र पाण्डेले बताए।

आयोगमा दल दर्ता गराइएको सो पार्टीको दोस्रो वरीयतामा झलनाथ खनाललाई राखिएको उनले बताए। एमालेमा रहँदा भने नेता नेपालको वरियता खनालपछि थियो।

विज्ञापन

नयाँ पार्टीमा नेपाललाई अध्यक्ष र खनाल वरिष्ठ नेता बनाइएको उनले बताए। ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको भए पनि दुवै सदनका ३१ सांसदहरुले नेता नेपाललाई साथ दिएको उनको भनाइ छ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल समूहले नयाँ पार्टी दर्ता गराएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार