होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पौडेलले बुधबार दिउँसो राजीनामा दिएका हुन् । मुख्यमन्त्री पौडेलले राजीनामा दिएसँगै हेटौँडामा बसेको संसदीय दलको बैठकले नेतृ अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेतामा चयन गरेको छ । एमाले विभाजनको विपक्षमा उभिएकी शाक्यलाई मुख्यमन्त्री बनाउने पनि बैठकले निर्णय गरेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।
काठमाडौंः कैलालीको घोडाघोडी नगरपालिका–२ की कोरोना संक्रमित एक महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ। ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान ११ः१५ बजे मृत्यु बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए। असार २४ गते उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएको भोलिपल्ट उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन्। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो। यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै […]
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । मंगलबार मन्त्रिपरिषद्ले सिफारिस गरेको अध्यादेश शीतल निवास पुगिसकेको र आजै जारी गर्ने तयारीमा राष्ट्रपति रहेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताए । ‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले […]
धादिङ- त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए । लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक […]
काठमाडौं, भदौ २ । नेकपा एमालेका नेता डा. विजय पौडेलले माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता हुने नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न किताब हुने बताएका छन् । पार्टी एकताका लागि अधिकतम प्रयास गर्दा पनि विभाजन हुने स्थिति आएको उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई […]
हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]
काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका १४ सांसदलाई पदमुक्त गरिएको जानकारी पत्र संघीय संसद् सचिवालयमा दर्ता गराएसँगै त्यसको वैधानिकताबारे प्रश्न उठेको छ । ओलीले पार्टी केन्द्रीय कमिटीको साउन २५ को निर्णयअनुसार माधवकुमार नेपाल पक्षमा रहेका १४ सांसदलाई पदमुक्त गरिएकाले संसद्बाट पनि प्रक्रिया पुर्याएर पदमुक्त गरिदिन भनेका छन् । ती सांसदले पार्टी विधानविपरीतका काम गरेको र […]
नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारवाही गर्दै संसद सचिवालयलाई पत्र पठाएको छ । एमालेले पठाएको यो पत्रको प्रक्रिया अब के हुन्छ ? पार्टीले गरेको कारवाही सदर हुन्छ कि हुँदैन ? यसबारेमा राजनीतिक वृत्तमा चासो बढेको छ । एमालेले साउन २५ गतेको केन्द्रीय कमिटी बैठकको निर्णय भन्दै माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द […]
सरकारले मंगलबार ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश बुधबार बिहानसम्म राष्ट्रपति कार्यालय शीतलनिवासमा अड्किएर बसेको छ । देउवा सरकारले चालेको यो कदमको चौतर्फी विरोध भएको छ । सरकारी निर्णयको प्रतिरक्षामा कसैले पनि खुलेर बोल्न सकेको छैन । सरकार सर्वत्र आलोचनाको शिकार बनेको छ । बुधबार बिहान प्रकाशित मूलधारका पत्रपत्रिकाले सम्पादकीय लेखेर अध्यादेश ल्याउने सरकारी निर्णयको विरोध […]
२ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका बनाएर काम शुरु गर्ने तयारी गरेको जनाएको छ । आयोगले ल्याउने उक्त कार्यतालिका अनुसार शिक्षण अध्यापन अनुमति पत्र, बढुवा सिफारिस रिक्त दरबन्दी पूर्तिका लागि काम गर्ने गरी ल्याउन लागेको आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले जानकारी दिए । उनले भने, ‘हामीले गर्ने कामको कार्यतालिका (क्यालेन्डर) बनाइरहेका छौं । […]
२ भदौ, काठमाडौं । सरकारले अध्यादेश ल्याएर आफ्नो राजनीतिक शक्तिलाई अनुकूल पार्न खोजेको पहिलो यो पहिलो घटना होइन । यसअघि पनि २०७७ साल बैशाख, मंसीर र गत जेठमा पनि अध्यादेश जारी भएको थियो । त्यतिबेला ओली सरकारले विपक्षी दल फुटाएर आफू अनुकूल सत्ता समीकरण बनाउन र संवैधानिक निकायमा आफू अनुकूल नियुक्ती गर्न पटकपटक अध्यादेश जारी […]
नागरिक रैबार/बाजुरा १ भदौ ।मानव संसोधन केन्द्र एच आरसी बाजुराले जिल्ला अस्पताल बाजुरालाई करिव ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपालमा कोरोना भाईरस कोभिड-१९ को संक्रमण फैलिरहेकोले कोभिड संक्रमण बाट बच्नका लागि एचआरि बाजुराले जिल्ला अस्पताल बाजुराका स्वास्थ्य कर्मीलाई मध्येनजर गरी ३ लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका कार्यकारी निर्देशक अग्नीराज […]
धनगढी : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकटका सांसद र नेताको छुट्टै भेला आयोजना गरेका छन्। भेलामा सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद र नेताको सहभागीता रहेको छ। रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कुन पक्षमा लाग्ने भन्ने विषयमा परामर्श थालेका हुन्। पार्टी विवादको सुरुवातमा पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति निकै आक्रोशित रावल […]
नेकपा एमालेका नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको बताएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि माधव नेपाल समुहका भनेर चिनिएका नेता विष्टले सरकारको निर्णय खेदजनक भन्दै यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने बताएका छन् […]
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकेर उनी शीतल निवास पुगेका हुन् । उनी प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ । आजै देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ ।
१ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु नयाँ बानेश्वरको एक होटलमा भेला भएका छन् । भेलामा नेता नेपाल पनि सहभागी छन् । एमालेका एक सांसदका अनुसार उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा गौतम समेत सहभागी छिन् । ‘आगामी योजनाबारे छलफल गर्न हामीहरु भेला भएका छौं,’ एमाले एक सांसदले भने ।
१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा […]
१ भदौ, काठमाडौं । नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद […]
१ भदौ, काठमाडौं । तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले तालिबानलाई उद्धृत गर्दै उल्लेख गरेको छ- सबैका लागि आममाफीको घोषणा गरिएको छ । त्यसैले तपाईँहरुले […]