होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ भदौ। जिल्लाको जगनाथ गाउँपालिका १–स्थित पिलुचौरमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ ।मृत्यु हुनेमा जगन्नाथ गाउपालिका १ का अन्दाजी ५० बर्षिया पूणर्बहादुर बिष्ट रहेका छन् । विष्टको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएको छ । प्रहरीका अनुसार बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक बाजुराको सदरमुकाम मार्तडीमा सूरु भएको छ ।मार्तडीको अपि होटलमा एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सूरु भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला स्तरका नेताहरुको […]
पछिल्लो समय जिल्लाको जोरायल गाउँपालिका–२ बुडर रुपसकाँडाका किसानले व्यावसायिकरूपमा पालेका बोयर बोका तथा बाख्रा आम्दानीको प्रमुख स्रोत बन्न थालका छन् । उनीहरुले यसबाट वार्षिक लाखौँ रकम आम्दानी गर्न थालेका छन् । चाँडो फस्टाउने तथा मासु पनि अन्य बोकाभन्दा बढी हुने भएकाले अहिले जिल्लामा बोयर बाख्रापालनमा किसान आर्कषित हुन थालेका हुन् । रुपसकाँडासहित जिल्ला सदरमुकाम सिलगढीलगायत […]
काठमाडौं, भदौ ६ । माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल, घनश्याम भुसाललगायतका नेताहरूले शनिबार बालकोटस्थित ओली निवासमै पुगेर अध्यक्ष ओलीसँग यस्तो आग्रह गरेका हुन् । तर, अध्यक्ष ओलीले १० बुँदे […]
काठमाडौँ– मनसुनी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा झरी परेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो सामान्य बदली रही देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश-१ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना छ । आज राति प्रदेश […]
काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ । केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले सनाखतका लागि बुधवारको समय […]
नागरिक रैबार/बाजुरा ५ भदौ। नेपाल सरकारका पूर्व उद्योगमन्त्री कर्णबहादुर थापा हातमा जुत्ता बोक्दै बल्दे–दवारीको पहिरोमा जोखिमपूर्ण पैदलयात्रा गदै गर्दाको तस्वीर सहितको समाचार नागरिक रैबारमा प्रकासित भएपछि बाजुरेली जनताले पनि यसरी नै जीउ हत्केलामा राखेर हिँड्न बाध्य भएको सामाजिक संजालमा प्रतिक्रिया दिएका छन् । साँफे मार्तडी सडकको बल्दे देखि दवारी सम्मको सडक पहिरोको कारण भाषिएपछि स्थानीयहरुलाइ […]
नेपालका प्रसिद्ध लोकतान्त्रिक समाजवादी नेता बीपी कोइरालाको नेपाली कंग्रेस पार्टी फेरि सत्तामा छ । सरकारको गठबन्धन दलहरू समाजवादको पक्षमा छन् । नेपालका चरम दक्षिणपन्थीदेखि चरम वामपन्थी कम्युनिस्ट राजनीतिक दलहरू समाजवादको वकालत त गर्छन् तर, उनीहरूमा उपयुक्त शब्दावली, उपकरण, प्रक्रिया र तालमेलको अभाव देखिन्छ । लोककल्याणकारी नीति, प्रणाली र राजनैतिक दृढसंकल्पको समेत अभाव देखिएको छ । […]
नागरिक रैबार/बाजुरा ५ भदौ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा एक वर्षपछि सदरमुकाम मार्तडीमा आईपुगेका छन् । प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको विस्तारित बैठकमा सहभागि हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आईपुगेका हुन् । निरन्तरको वर्षासंगै सडकमाथिबाट खसेको पहिरोका कारण करिव ३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडक खण्डको स्थलगत अनुगमनसहित […]
बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका २७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् । पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
नागरिक रैबार बाजुरा ४ भदौ विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा अाएकाे बाढीले नहर पुरेपछि सदरमुकाम मार्तडीमा विद्युत सेवा अवरुद्ध भएकाे छ । बाहुली खाेलामा अाएकाे बाढीले जलविद्युतकाे नहरमा बालुवा र ढुंगामुढा भरिएपछि मार्तडीमा विहिबार विहानै देखि विद्युत सेेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत केन्द्रका व्यवस्थापक दयाराम पंण्डितले बताएका छन् । उहाँका अनुसार बाढीले नहरमा […]
नागरिक रैबार/बाजुरा ४ भदाै। विहिबार राति अविरल वर्षासंगै बाहुली खाेलामा आएकाे बाढीले काठेपुल बगाएको छ । बाहुली खाेलामा आवतजावत गर्नका लागि अस्थायी रूपमा बनाएकाे काठेपुल बाढीले बगाएपछि सदरमुकाम मार्तडी बजारमा आउजाउ गर्न स्थानीयलाई समस्या भएकाे छ । बडीमालिका ७, ८,९ सहित पुर्विउत्तरी क्षेत्रबाट मार्तडीमा जाने आउने स्थानीयहरूलाई काठेपुल बगाउँदा समस्या भएकाे स्थानीय गाेरख विकले बताएका छन् […]
सरकारले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । यस्तै बैठकले भदौ ७ गते सोमबारका दिन पर्ने गाईजात्रामा उपत्यकामा सार्वजनिक बिदा सँगै देशभरका नेवार समुदायका लागि पनि सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए […]
नागरिक रैबार/बाजुरा ३ भदौ। नेकपा एमाले (समाजबादी) पार्टीका नेता तथा पूर्व माधव समूहका जिल्ला कमिटी सचिव पुरबहादुर रावतले नेकपा एमाले (समाजबादी) पार्टी बाजुरामा झन बलियो बन्ने दावी गरेका छन् । बुधबार नागरिक रैबारको “खासकुरा” विषेशमा बोल्दै नेता रावतले सो कुराको दावी गरेका हुन् । यस अघि बाजुरामा नेकपा एमालेको माधव समूहले गठन गरेको समानान्तर कमिटीको […]
धनगढी : केपी शर्मा ओली र माधवकुमार नेपालबीच दूरी बढेदेखि नै सुदूरपश्चिमका अधिकांश प्रदेश सांसदले नेपाललाई साथ दिदै आएका छन्। पछिल्लो समय माओवादी नेतृत्वको प्रदेश सरकारले विश्वासको मत पाउँदा एमालेका १७ जना माधव समूह र ७ जना ओली पक्षमा खुलेका थिए। पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जनाएका छन् । उनका अनुसार नेपाली सेना […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी प्रतिपक्षी दलमात्र नभएको बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति भक्तपुरले गरेको पुस्तक विमोचन तथा विद्युतीय सूचना केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै उनले देशभरको सरकार हेर्दा एमाले कै बहुमतको सरकार रहेको बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेको बहुमतको सरकार रहेको बताउँदै आफू ती सरकारको नेतृत्व गरिरहेको […]
३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन् । बिहीवार समाजवादी केन्द्र, नेपालले आयोजना गरेको ‘एक्काइशौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक अन्तरक्रियामा उनीहरु एउटै मञ्चमा देखिएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार नेपालले गठन गरेको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका हुन् । ‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि […]