होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठ दिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म […]
नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ […]
राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनद्वारा जारी साझा न्यूनतम कार्यक्रममा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ । जनमोर्चाको मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाको सहमति नरहेको स्पष्ट पारेका हुन् । ‘त्यसमा राष्ट्रिय जनमोर्चाको नाम उल्लेख गरिएको छैन । राजमो गठवन्धनमा […]
डोटी । सेती नदीको बाढीले वर्षेनी कटान गर्दा जिल्लाका आठ गाउँ उच्च जोखिममा पर्दै आएका छन्। नदी नियन्त्रणका लागि तालजालीको प्रयोग गरिए कटान रोकिएको छैन। कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारीदाङका बस्ती उच्च जोखिममा पर्दै आएका छन्। ती क्षेत्रमा बसोबास गर्ने नागरिक बर्सातको समयमा घरमा राम्रोसँग सुत्नसमेत नसक्ने अवस्थामा रहेको […]
प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गरिन्छ । नियमित तालिका अनुसार २०७८ जेठ महीनामा नै जनगणना सम्पन्न भइसक्नुपर्ने थियो । तर कोरोना महामारीका कारण यो अझै शुरू हुनसकेको छैन । जनगणनाबाट प्राप्त नतिजालाई तुलनात्मक रूपमा हेर्न भनेर गणनाको निश्चित मिति तोकिएको हुन्छ । त्यसैले १२औं जनगणनाको प्रक्रिया र नतिजा सार्वजनिक हुन ढिलो भएपछि यसले अन्य क्षेत्रमा […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी कार्यालयले […]
२६ साउन, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी भएको छ ।बेनी नगरपालिका-८ न्यूरोडमा अवस्थित रघुगंगा दूध डेरी र नतिजा किराना पसलमा आज बिहान तीन बजेतिर आगलागी भएको म्याग्दी प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन, तर लाखौंको धनमाल जलेर नष्ट भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । आगलागी भएको घर सुनचाँदी व्यवसायी […]
धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए। उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।
हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र लुम्बिनी प्रदेश को एक […]
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले सञ्चालन […]
अछामः अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ।कक्षा ११ को लेखा विधिका सिद्धान्तको प्रश्नपत्र बाहिरीएको खबर प्रमाणसहित विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरस्वती माध्यमिक विद्यालय जयगढलाई उक्त विषयमा स्पष्ट पार्न इकाईले पत्र पठाएको हो। साथै विद्यालयलाई प्रश्नपत्रको गोपनियता भंग गरेमा शिक्षा ऐनको नियम १७(१क) बमोजिम दण्ड […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, […]
रुकुमपूर्वमा दुई जना नदीमा वेपत्ता भएका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङ्सीका श्रीमान श्रीमती वेपत्ता भएका हुन् ।आइतबार साँझ साढे ६ बजे वेपत्ता भएका उनीहरु अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । प्रहरीका अनुसार स्थानीय ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी बेपत्ता […]
सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा […]
कैलाली- महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा बाल चिकित्सा कोभिड अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि अस्पतालले चालु आर्थिक वर्ष २०७८/७९ मा बालबालिकालाई लक्षित गरी ९० लाख रुपैँयाको लागतमा ५० शय्याको अस्पताल भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि निर्माण सेवा कम्पनीसँग ठेक्का सम्झौताको कार्य भइसकेको […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
बागलुङ । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा साउदी अरेबियामा छन्। लोग्नेले घर छाडेपछि शुरु भएको महामारीले अन्ततः परिवारलाई नै सङ्क्रमित बनायो । बागलुङ नगरपालिका–१२ अमलाचौरकी उनले बालबच्चालाई महामारीबाट जोगाए पनि आफैँ सङ्क्रमित भएपछि भने […]