होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बल्देको अप्ठेरो बाटो छिचोल्दै मार्तडी आईपुगे नेता थापा
समाचार

बल्देको अप्ठेरो बाटो छिचोल्दै मार्तडी आईपुगे नेता थापा

  • नागरिक रैबार
बल्देको अप्ठेरो बाटो छिचोल्दै मार्तडी आईपुगे नेता थापा

नागरिक रैबार/बाजुरा ५ भदौ। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा एक वर्षपछि सदरमुकाम मार्तडीमा आईपुगेका छन् ।

प्रदेश अध्यक्ष थापा नेकपा एमाले जिल्ला कमिटी बाजुराको विस्तारित बैठकमा सहभागि हुन एक वर्षपछि बाजुरा सदरमुकाम मार्तडी आईपुगेका हुन् ।

निरन्तरको वर्षासंगै सडकमाथिबाट खसेको पहिरोका कारण करिव ३ महिनादेखि अवरुद्ध बनेको साँफे–मार्तडी सडक खण्डको स्थलगत अनुगमनसहित बल्दे–दवारी सडकमा खसेको पहिरोमा अप्ठेरो बाटो छिचोल्दै जोखिम् पैदल यात्रा गरेर नेता थापा सदरमुकाम मार्तडीमा पुगेका छन् ।

विज्ञापन

May be an image of outdoors

बढीजसो जिल्ला बाहिर रहदै आएका नेता थापा वर्षातको समयमा एकाएक जोखिम पैदलयात्रा तय गर्दै नेकपा एमाले विभाजित भएपछि बाजुरा जिल्लामा एमाले जिल्ला कमिटीले राखेको विस्तारित बैठकमा सहभागि हुन सदरमुकाम आईपुगेको एमाले बाजुराले जनाएको छ ।

गत वर्ष बुढीगंगा नदिमा आएको बाढीका कारण बाजुरामा धनजनको क्षती भएपछि तत्कालिन गृहमन्त्री रामबहादुर थापा (बादल) सहितको नेतृत्वमा बाजुराका बाढीपीडितको अवस्था बुझ्न हेलिकप्टर मार्फत नेता थापा समेत बाजुरा पुगेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार