होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ भदौ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाजुराले एमालेले आफ्नो पाट्रीमा समावेश गरेका जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको बताएको छ । मंगलबार नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना जिल्ला कमिटी सदस्यहरु माओवादी केन्द्रमै रहेको दावी गरेको छ । मिति २०७८ साल भदौ ६ गते आईतबारका दिन […]
नागरिक रैबार बाजुरा ८ भदौ नेकपा माओवादी केन्द्र बाजुराको पहल तथा बाजुरा इसाई समाजको सहयोगमा बडीमालिका नगरपालिका ३ र ९ का ७३ जना बाढी पिडित तथा गरिव परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । बडीमालिका ३ र ९ नम्बर वडाका बाढी पिडित र गरिव असायहयलाई प्रतिव्यक्ति ३० केजिका दरले चामल वितरण गरिएको बाजुरा इसाई समाजका अध्यक्ष […]
नागरिक रैबार/बाजुरा ८ भदौ। आर्थिक बर्ष २०७६/२०७७ मा बाजुरा जिल्लाका ९ वटा स्थानीय तहको वेरुजु विवरण सार्वजनिक भएको छ । महालेखा परिक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ अनुसार बाजुराका ९ वटै स्थानीय तहको बेरुजु सार्वजनिक भएको हो । यस्तो छ बाजुराका कुन तहमा कति वेरुजु ।
८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाइएको रोक हटेको छ ।काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने गरी यसअघि गरेको व्यवस्था हटाएको हो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन […]
काठमाडौँ, ८ भदौ: नवगठित नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज)का मूल्य, मान्यताको रक्षा गर्दै समाजवादको दिशामा अगाडि बढ्ने लक्ष्य निर्धारण गरेको छ । नेकपा (एमाले)बाट अलग भएको सो पार्टीका प्रस्तावित केन्द्रीय सदस्य र सांसदको चन्द्रागिरिमा भएको दुई दिने बैठकले पार्टीको विधान पारित गरेको हो । एमालेले जबजलाई मार्गदर्शक सिद्धान्त मान्दै आएको छ । सो […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ । ‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र […]
विदेश उड्नुअघि लगेजमा गाँजा बोकेर हिँडेका युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । मंगलबार पाठक कतार एयरवेजको उडानमार्फत दोहा जान लागेका थिए । अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ […]
८ भदौ, काठमाडौं । माधव नेपाल नेतृत्वको प्रस्तावित एकीकृत नेकपा समाजवादी पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगले सनाखतको समय तोकेको छ ।बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्म सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत […]
धनगढी । शिशुको हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डिलासैनी गाउँपालिका-७ की ३५ वर्षीया महिला पक्राउ परेकी हुन् । घरदेखि एक सय मिटरको दूरीमा रहेको मकैबारीमा शिशुलाई जन्माएर हत्या गरेको आरोपपछि ती महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । शिशु जन्माएपछि […]
काठमाडौँ, ८ भदौ: नेकपा (एमाले) को आज ११ बजेको लागि तय गरिएकोे स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बस्ने भएको छ । सो पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज दिउँसो बस्ने जानकारी दिनुभयो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीका अन्य सदस्यको छलफलपछि १० बुँदे […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुुरु गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेशिन जडान गरी मंगलबारदेखि राजपत्र छाप्ने काम सुुरु गरेको हो। प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी उद्धघाट गरेकी छिन्। सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता […]
जनकपुरधाम । धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्ति आफ्नै बुवा र श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेको आरोप छ । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा […]
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका छन् । सूची सार्वजनिक गर्न भदौ ७ गतेसम्मको समयसीमा दिएका उनीहरुले माग सम्बोधन नभएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु गरेका हुन् । नेपाली कांग्रेसको नुवाकोट जिल्लाका सभापति जगदिश्वर नरसिंह केसीले आफूहरुले आजदेखि सांकेतिक […]
मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म […]
नागरिक रैबार/बाजुरा ८ भदौ। !नेकपा एमाले जिल्ला कमिटी बाजुराको आईतबार बसेको पूर्ण बैठक सम्पन्न भएको छ ।नेकपा बिभाजन भएपछि पहिलो पटक औपचारिक रुपमा नेकपा एमाले जिल्ला कमिटी बाजुराले आयोजना गरेको पूर्ण बैठकले अन्तरपार्टी निर्देशन तथा अध्ययन, पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण र वडा/गाउँपालिका/नगरपालिका बैठक तथा अधिवेशन गर्ने सम्वन्धि निर्णयहरु गर्दै बैठक सम्पन्न भएको […]
संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले भाैतिक उपस्थितिमै कक्षा १२ काे परीक्षा लिन निर्देशन दिएकाे छ । मंगलबार संसदकाे शिक्षा तथा स्वास्थ्य समितिकाे बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगकाे छलफलपछि समिति सभापति जयपुरी घर्तीले काेभिड खाेप दिएर भाैतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् । काेभिड संक्रमणकाे जाेखिम रहेकाे भन्दै स्थगित भएकाे कक्षा १२ काे परीक्षा भाैतिक […]
काठमाडौं: ओमान र अमेरिकासितको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिज खेल्न नेपाली टोली ओमान प्रस्थान गरेको छ। खेलाडीसहित २२ सदस्यीय टोली केहीबेर अघि त्रिभुवन विमानस्थलबाट सलाम एयरबाट ओमानका लागि उडेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहलगायतले बिदाइ गरेका थिए। […]
नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव कुमार नेपालले एमाले अध्यक्ष केपी ओली र तेस्रो धारका नेताहरुबीच भएको भनिएको ‘वार्ता र सहमति’ लाई छलकपटपूर्ण धोखाघडीको नाटक भनेका छन् । नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकको बेइमानी एव्म धोखाघडीको निरन्तरतास्वरुप नै ‘वार्ता र सहमति’का नाटक मञ्चन भइरहेको नेता नेपालको दावी छ । सामाजिक […]
बाजुराः बाजुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ को जगंलमा चितुवा मृत अवस्थामा फेला परेको हो। सोही गाउँपालिकाको पूर्व पट्टीको जंगलमा फेला परेको उक्त चितुवालाई डिभिजन वन कार्यलयमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। चितुवालाई डिभिजन वन कार्यालय बाजुरा, जिल्ला प्रशासन कार्यालय बाजुरा र प्रहरीको रहोबरमा खाडलमा पुरिएको डिभिजन वन […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष […]