होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ साउन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बिहीबार दिउँसो बुढानीलकण्ठमा बस्ने बैठकमा १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ । बुधबार पार्टीका शीर्ष नेताहरुबीच महाधिवेशनका बारेमा घण्टौं छलफल भएको […]
नागरिक रैबार । बाजुरा २७ साउन ।भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको छ । कोरोना भाइरसको तेस्रो लहर फैलिने उच्च जोखिम रहेकाले जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको हाे । जिल्ला बाहिरबाट स्वास्थ्य उपचार नै नगरि जिल्ला भित्रिनाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोरोना भाइरसको […]
२७ साउन, काठमाडौं । भारतको हिमाचल प्रान्तको किन्नौर जिल्लाको भावानगरमा पहिरो जाँदा बस, ट्रकलगायतका केही सवारीसाधन पुरिएका छन् । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार बुधबार अचानक पहिरो गएको हो । हिमाचलका मुख्यमन्त्री जयराम ठाकुरले यो घटनाबारे जानकारी दिँदै पहिरोमा पुरिएका मानिसलाई सुरक्षित निकाल्न हरसम्भव प्रयास भइरहेको बताएका छन् । उनले यो घटनाबाट प्रभावित हुने मानिसलाई आवश्यक […]
नागरिक रैबार । बाजुरा २७ साउन । बडीमालिका नगरपालिका उप–प्रमुख कविता बिष्टका ससुराको निधनप्रति नेपाली कांग्रेस बाजुराले एक विज्ञप्ती जारी गरी दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य एवं बडीमालिका नगरपालिका उप–प्रमुख कविता विष्टका ससुरा बडीमालिका नगरपालिका वडा नं ९ चौराटा निवासी हिरामणी विष्टको ६८ बर्षको उमेरमा भएको निधनप्रति नेपाली कांग्रेस […]
नागरिक रैबार । बाजुरा २७ साउन । मानव अधिकार एलाइन्स बाजुराले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ६ वटा बुँदामा ध्यानार्कषण गराएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ६ बुँदे माग सहित ध्यान आर्कषण गराएको मानव अधिकार एलाइन्स बाजुराका अध्यक्ष तुलाराम जैशीले बताए । सरकारले भूमिहिन आयोग हालसालै […]
२७ साउन,काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् । उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, […]
२७ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु […]
काठमाडौँ – रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।आचरण र अनियमितताको आरोप लगाउँदै अघिल्लो मंगलबार सरकारले स्पष्टीकरण सोधेपछि भट्टराईले गत सोमबार आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै राजनीतिक पूर्वाग्रह साँधिएको भन्दै प्रष्टीकरण नदिने बताएका थिए । प्रष्टीकरण सोधेर सरकारले हटाउने तयारी गरिरहँदा भट्टराईले त्यसअघि नै आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा […]
धनगढीः सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बेरुजु झण्डै ७२ लाख पुगेको छ। कार्यालयले मनलाग्दी रुपमा खर्च गर्न थालेपछि मन्त्रिपरिषद् कार्यालयको बेरुजु ७१ लाख ७७ हजार २ सय ९२ पुगेको हो। असुल उपर गर्नुपर्ने बेरुजु र पेश्की गरी मन्त्रिपरिषद् कार्यालयको बेरुजु करोड नजिक पुग्दा पनि अझै फछ्यौट हुन सकेको छैन। आर्थिक वर्ष २०७७/७८ का लागि […]
बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले […]
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिसन छनौट प्रारम्भिक परीक्षाको प्रश्नपत्र परीक्षा अगावै सार्वजनिक भएको घटनामा परीक्षा समितिकै सदस्यको संलग्नता भेटिएको छ । प्रश्नपत्र तयार गर्ने र परीक्षाका पूर्वतयारीका लागि प्रहरी प्रधान कार्यालयको यूएन शाखाले बनाएको परीक्षा समितिका सदस्य प्रहरी नायब निरीक्षक (सई) जनकबहादुर थापा आफैं प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको भेटिएको हो । […]
सप्तरी । सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । तिलाठी कोइलाडी गाउँपालिका–४ का प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् । शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले १९ वर्षीय मण्डललाई घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने व्यक्ति […]
राष्ट्रियसभा सदस्य विमला राई पौडेलले कक्षा १२ को परीक्षा स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको बताएकी छिन् । बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै राईले अघिल्लो वर्ष नै हुनुपर्ने परीक्षा अहिले फेरि स्थगित हुँदा लाखौं विद्यार्थीको भविष्य चौपट भएको उल्लेख गरिन् । उनले भनिन्– ‘कतिपय बाहिर जाने योजना बनाएका विद्यार्थी पनि थला परेका छन् । हुन […]
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने […]
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
२७ साउन, पाल्पा । प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका-७ बस्ने ४२ वर्षीय बिष्णु बहादुर खत्री र सोही ठाउँ बस्ने ४० वर्षीय रविल मिया रहेका छन् । रिब्दीकोट गाउँपालिका-५ कुसुम खोला देउराली भन्ने स्थानबाट उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट ६ फिट ४ ईन्च लम्बाई, […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ । सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको […]
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने गोप्य राखिएको छ। मन्त्री भुसालको प्रस्तावमा नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई सम्मानजनक ढंगले जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा […]
कास्की– मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको आरोपमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार माछापुच्छ्रे गाउँपालिका वडा नं –२ बाझाखेत बस्ने ६५ वर्षीय श्रीराम कामीलाई ५५ वर्षीया श्रीमती श्रीमाया कामीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार मंगलबार बिहान […]
सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको […]