होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको पूर्ण बैठक मार्तडीमा सूरु
राजनीति

नेकपा एमाले बाजुराको पूर्ण बैठक मार्तडीमा सूरु

  • नागरिक रैबार
नेकपा एमाले बाजुराको पूर्ण बैठक मार्तडीमा सूरु
तस्विर: एमाले जिल्ला कमिटी सदस्य राजन रोकायाको फेसवुकबाट

नागरिक रैबार/बाजुरा ६ भदौ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको पूर्ण बैठक बाजुराको सदरमुकाम मार्तडीमा सूरु भएको छ ।मार्तडीको अपि होटलमा एमाले जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सूरु भएको बैठकमा एमाले सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य बलदेव रेग्मी लगायत जिल्ला स्तरका नेताहरुको सहभागिता रहेको छ ।

May be an image of 2 people, people sitting, people standing, indoor and text that says 'SHOT SH ON POCO'

यस अघि हिजो शनिबार बस्ने भनिएकोे बैठक भौगोलिक विकटताका कारण समयमै जिल्ला कमिटीका नेताहरु उपस्थिति हुन नसकेपछि स्थगित गरिएको थियो ।

विज्ञापन

बैठकमा सहभागि हुनका लागि सवै नेताहरु आइतबार विहान मार्तडी पुगेपछि आजबाट बैठक सूरु गरिएको एमालेले जनाएको छ ।नेकपा एमाले पार्टी विभाजन पछि पहिलो पटक औपचारिक रुपमा बसेको जिल्ला कमिटीको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने एमाले श्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार