होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अन्तत पासा पल्टियो, एमाले र सूर्य चिह्न नै माधव नेपालको पोल्टामा !
समाचार

अन्तत पासा पल्टियो, एमाले र सूर्य चिह्न नै माधव नेपालको पोल्टामा !

  • नागरिक रैबार
अन्तत पासा पल्टियो, एमाले र सूर्य चिह्न नै माधव नेपालको पोल्टामा !

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरी नयाँ राजनीतिक यात्रा शुरू गरेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको आधिकारिकता र सूर्य चिह्न पाउने सम्भावना रहेको नेपाल पक्षीय नेताहरूको दाबी छ ।

केही दिनअघि नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्ताका लागि नेता नेपालसँगै ५८ केन्द्रीय सदस्यहरूले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

आयोगले सनाखतका लागि बुधवारको समय तोकेको छ । एकताका पक्षधर मानिने ५७ केन्द्रीय सदस्यहरू अन्तिम अवस्थामा विद्रोह गर्ने सम्भावना रहेको एमालेका नेता राजेन्द्र राई बताउँछन् ।

विज्ञापन

शनिवार एक स्ट्याटस लेख्दै नेता राईले भनेका छन् – ‘माधव पक्षीय एकता अभियान वाला ५७ रे, यता नयाँ पार्टी दर्तामा हस्ताक्षर गर्ने ५८, दुवै जोड्दा (११५), निर्वाचन आयोगमा दर्ता भएको एमाले केन्द्रीय सदस्य संख्या २०३, भनेपछि माधव पक्षको बहुमत देखियो (११५), चिन्ह र नाम त पाइने देखियो..

आयोगमा दर्ता भएको संख्याका आधारमा नेपालको पक्षमा बहुमत केन्द्रीय सदस्य रहने उनको दाबी छ । दल विभाजनसम्बन्धी कानूनी प्रावधानका आधारमा बहुमत पक्षलाई पार्टीको आधिकारिकता र चुनाव चिह्न दिने व्यवस्था रहेको छ ।

 

रावलको नेतृत्वमा अर्को २० प्रतिशतको खेल सुरू ?

नेकपा एमालेमा विभाजनको संकेत देखिएको छ । एमाले विभाजन हुँदा कतै नलागेको बताएका नेताहरूले एमालेमा फरक पार्टीको अभ्यास गर्नेगरी आफ्नो तयारी अगाडी बढाएपछि यस्तो संकेत देखिएको हो ।

खासगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहिबार एक कार्यक्रममा पिलो निचोरिएको तर खील निस्कन अझै बाँकी रहेको बताएपछि माधव नेपालको साथ् छाडेका नेताहरू तर्सिएका छन् । त्यसलगत्तै एमाले उपाध्यक्ष समेत रहेका नेता भीम रावलले नयाँ अभ्यासको सुरुवात गरेका छन् ।

विभाजनपछि माधवकुमार नेपाल पक्षमा नगएका एमालेका रावललगायतका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सके सुधार्ने नत्र विद्रोह गर्ने तयारी बारे छलफल गरेका छन् ।

एमाले फुटाएर नयाँ दल दर्ताको निवेदन दिएका माधव नेपालले आफूहरूलाई महत्व नदिएर तेस्रो तहका नेताहरूलाई लिएर अगाडी बढेपछि नेपाल समूहमा तत्काल नजाने जनाएका नेताहरूले फरक रणनीति बनाउन बैठक नै बोलाएका छन् ।

एमाले विभाजन भइसक्दा पनि नेता नेपाललाई साथ नदिएर कतै नलाग्ने भनेका नेताहरूले ओली पक्षमा नै रहनुले एमाले फेरि फुट्ने प्रष्ट संकेत गरेको छ ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतका नेताहरुले ओली पक्षमा विद्रोहको तयारी गर्ने देखिएको हो ।

भीम रावल एमाले विभाजनको तयारी हुँदैगर्दा माधवलाई साथ दिएका नेता हुन् । तर पछिल्लो समय एमाले एकताका लागि भन्दै ओलीप्रति नरम बन्दै माधवको साथ छोडेका छन् ।

रावलले माधवको साथ छोड्लान भनेर आंकलन भने गरिएको थिएन । एमाले विभाजन भएपछि उनले माधव नेपालको साथ छोडे । पछिल्लो विकशित घटनाक्रम अनुसार उनीहरू माधव समुहमा पनि नजाने र छुट्टै वि’द्रोह गर्नेगरी तयारी गरिरहेको बुझिएको छ ।

माधवको साथ छोडेका नेताहरुले अध्यक्ष ओलीलाई भेटेर सहमतिको नयाँ बिन्दु खोज्न आग्रह गरेका थिए । तर उनीहरुको आग्रहलाई ओलीले वास्ता नगरेको नेताहरुको भनाइ छ ।

नयाँ अध्यादेशकै कारण अब पार्टी विभाजनको लागि २० प्रतिशत पुर्‍याउन सहज हुने भएकाले पनि उनीहरूले यस्तो तयारी गरेको बुझिएको छ । ओलीसँग अझै एक पटक अन्तिम प्रयास गर्ने र कुनै हालतमा नमिल्ने देखिएमा नयाँ रणनीति अनुसार विद्रोह हुने नेताहरूको दाबी छ ।

दैनिक न्यूज नेपालबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार