होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २३ भदौ । नवौँ अधिवेशन सुरु भएसँगै आजबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् । नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) […]
काठमाडौँ — तीजको रौनक सुरु भएपछि सुर्खेतकी राजकुमारी शाहीको मनमा उदासीको बादल डम्म लाग्न थालिहाल्छ । ११ वर्षयता कुनै तीजमा मन खुसी बनाएर नाचेको उनलाई सम्झना छैन । विवाहपछिको कुनै यस्तो तीज छैन, जहाँ माइतीको आँगनमा सुखदुःख साट्ने परम्पराको हिस्सा बनेकी हुन् । २०६८ भदौ १३ गते । तीज आउनुभन्दा ठ्याक्कै १० दिन अगाडि अप्रत्याशित घटना भयो । माइती परिवारै […]
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले डडेल्धुरामा वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताएका छन् ।मंगलबार विहान सामाजिक सञ्जालमार्फत कोइरालाले क्रियाशील सदस्यता नसच्याइ आगामी २५ गतेका लागि वडा अधिवेशन आह्वान गरिनु दुःखद भएको बताए । मंगलबार निर्वाचन अधिकृतले भदौ २५ गतेका लागि वडा अधिवेशनको मिति तोकेका छ । ‘सिङ्गो जिल्ला कार्यसमितिले एकै स्वरमा […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक जारी छ ।बानेश्वरस्थित संसद् भवनको लोत्सेहलमा बैठक जारी रहेको प्रमुख सचेतक विशाल भट्टरार्ईले जानकारी दिए । बैठकमा अध्यक्ष समेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले संसदमा खेल्ने भूमिकाबारे ब्रिफिङ गरिरहेका छन् । एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति चर्को असन्तुष्टि जनाउँदै आएको छ । […]
कोभिड–१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय […]
हिन्दु महिलाले मनाउने तीज पर्व अन्तर्गत आज दर खाने दिन, घरघरमा दर खाएर मनाइन्छ । आज माइतीले चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ […]
काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ ।गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् । गर्भपतनसम्बन्धी अधिकारको […]
धनगढी : नेकपा एमाले भएर गठन भएको नेकपा (एकीकृत समाजवादी) रोज्न स्थानीय तहका जनप्रतिनिधिलाई दिएको समय मंगलबार सकिएको छ। एमालेबाट विजयी भएका झण्डै ३० प्रतिशत जनप्रतिनिधिले पार्टी छाड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये ४१ स्थानीय तहमा एमालेका प्रमुख विजयी भएका थिए। ५ जना प्रमुखले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। […]
धनगढी: बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। बुढिनन्दा नगरपालिका -७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ। उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ। अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले […]
भौतिक उपस्थितिमा प्रतिनिधि सभाको बैठकको रिपोर्टिङ गर्न पत्रकारहरूलाई संसदको मिडिया सेन्टरमा प्रवेश रोकिने भएको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै प्रत्यक्ष उपस्थित भएर रिपोर्टिङ गर्न रोकिएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । संसद सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए । पत्रकार कक्षमा […]
राजेन्द्र बिक बाजुरा,२२भदौ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)बाजुराको ८औं जिल्ला सम्मेलन खेमराज साउंद लाई जिल्ला अध्यक्ष सर्बसम्मत चयन गर्दै सम्पन्न भएको छ। सम्मेलनले ५१ सदस्यीय जिल्ला कमिटी पनि घोषण गरेको छ ।जसमा उपाध्यक्ष पदम रावत,शुशिला शाही, छक्कलाल थापा सचीव मा बलमान धामी सह-सचिव मा नवराज बुढा मोहन बडुवाल ,अर्जुन सुनार र कोषाध्यक्ष मा […]
नागरिक रैबार/बाजुरा २२ भदौ । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको समानान्तर कमिटी पनि नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघमा समाहित भएको छ । मंगलबार राष्ट्रिय युवा संघ नेपाल बाजुराले एक विज्ञप्ति जारी गर्दै यस अघि राष्ट्रिय युवा संघ नेपालले गठन गरेको समानान्तर कमिटी एकिकृत समाजवादी पार्टीको युवा संघमा समाहित भएको हो । […]
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रथम विस्तारित बैठक सम्पन्न भएको छ । सोमबारबाट सदरमुकाम मार्तडीमा बसेको प्रथम विस्तारित बैठकले गरेका निणर्यहरु मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष गगन रावलले पार्टीलाई व्यवस्थित गर्नका लागि विभिन्न विभागहरुको जिम्मेवारी बाँडफाँड गरेको पत्रकार सम्मेलनमा बताएका छन् । उहाँका […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्लाको बडीमालिका नगरपालिका ७ रजातोलीकी एक महिला भिरबाट लडेर घाईते भएकि छन् । घाइते हुनेमा सोही नगरपालिका ७ कि अन्दाजी ६० वर्षिया खिरी उपाध्याय रहेकी छन् । उनी गाउँ नजिकै रहेको भिरमा गाई गोरुका लागि घाँस काट्ने क्रममा चिप्लिएर लडेको स्थानीय शिवलाल पाध्याले बताएका छन् । लडेर घाइते भएकि पाध्याको टाउको […]
नागरिक रैबार/बाजुरा २२ भदौ।सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश बहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मंगलबार मन्त्री शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन् । त्यस्तै अर्का राज्यमन्त्री अर्चना गहतराजले पनि राजीनामा दिएकी छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका […]
२२ भदौ, संखुवासभा । सङ्खुवासभामा हत्या गरिएका एउटै परिवारका ६ जनाको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव धरान लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको आइतबार हत्या भएको थियो । ५८ वर्षीय तेजबहादुर, ८४ वर्षीया आमा […]
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । ‘एमसीसी पास हुँदैन । किनभने हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को संयोजकमा सुमन देवकोटा चयन भएका छन् ।त्यस्तै उपसंयोजकमा धिरज सेर्पाली चयन भएका वाईसीएलका निवर्तमान अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । वाईसीएलको भेलाले २३५ सदस्यीय केन्द्रीय समिति चयन गरे पनि संयोजक चयन गर्न सकेको थिएन । संयोजकमा देवकोटा र सेर्पालीले दावी गरेका थिए । […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तय भएको छ । ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसक्दा पनि पार्टी सभापति कै गृह जिल्ला डडेलधुरामा भने अधिवेशन सुरु हुन सकेको थिएन । केन्द्रीय निर्वाचन समितिले जिल्लाको क्रियाशील सदस्यहरुको सूची पठाएसँगै जिल्ला सभापतिलगातको बैठकले आगामी भदौ २५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो […]
गृह मन्त्रालयले जारी गरेको दुई विज्ञप्तिको नेपाल पत्रकार महासंघले विरोध गरेको छ । भदौ १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका सो विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य […]