होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : जिल्ला निर्वाचन समितिले विवादका बीच डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला निर्वाचन समितिको कार्यालयले आज वडा अधिवेशन गर्ने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो। डडेल्धुराका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको जानकारी दिँदै वडा […]
पशुपतिनाथको मूल मन्दिर साढे चार महिनापछि आज बिहान ५ः३० बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । साढे चार महिनापछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना जोखिम कम भए पनि पूर्णरूपमा नहटेकाले […]
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ । महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको […]
सभामुख अग्निप्रसाद सापकोटासँग असन्तुष्ट रहेको नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्न थालेको छ । यही अवस्थामा आज पनि संसद बैठक बस्दैछ । तर, आजको बैठक पनि प्रतिपक्षले सुचारु हुन दिने छाँटकाँट देखिएको छैन । भदौ २३ गते एकै दिन बसेका ३ वटा बैठक अवरुद्ध गरेको एमाले आफ्नो दलले कारवाही गरेका माधव नेपालसहित १४ […]
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् । प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् । हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी […]
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका सम्बन्धमा उठेका नकारात्मक विषयमा नेपाली जनताले थाहा पाउने गरी स्पष्ट पार्न आग्रह गरेका छन्। उनले एमसीसीका सम्बन्धमा अनेकन कोणबाट टीकाटिप्पणी भएको र राष्ट्रको हितमा नरहेको भन्ने सन्दर्भमा कुरा उठिरहेकाले थप स्पष्ट पार्न आग्रह गरेका हुन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालसँग शिष्टाचार भेटका लागि पुगेकी एमसीसीका उपाध्यक्ष फतिमा […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट शुरु गरेकी छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत […]
पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवा मूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार […]
काबुल– अफगानिस्तानको राजधानी काबुलमा भएको महिलाहरुको प्रदर्शनबारे समाचार लेख्ने पत्रकारलाई तालिबानले निर्घात कुटपिट गरेको छ । तालिबान सत्ताबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेका बेला महिलाको प्रदर्शनको समाचार लेख्ने पत्रकारले कुटाइ खाएका हुन् । सामाजिक सञ्जाल ट्विटरमा राखिएका बिभिन्न तस्विरमा तालिवानले पत्रकारलाई लठ्ठीले हिर्काएको देखिन्छ । ती पत्रकारको अनुहार र शरीरका विभिन्न भागमा निलडाम देख्न सकिन्छ । […]
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् । शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि कार्यभार सम्हालेका हुन् ।यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी थिइन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा र […]
दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको उल्लेख छ । चिनियाँ टोलीले प्रतिवेदन […]
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले तीजलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् […]
२४ भदौ, खलंगा । जिल्ला प्रशासन कार्यालय जुम्लाले विभिन्न मासु पसलबाट बिग्रिएको करीब एक क्विन्टल मासु जफत गरी नष्ट गरेको छ । व्यापारीले कुहिएको अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको अनुगमनका क्रममा पाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईं नेतृत्वको टोलीले हालै बजार अनुगमन गर्दा अस्वस्थ मासु बिक्री–वितरण गर्ने गरेको भेटिएको हो । अनुगमन […]
काठमाडौँ, २४ भदौ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शितल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिए । संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छन्। समारोहमा रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश […]
काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बीपी संग्राहलय पुगेर महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन्।वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गरेका हुन्। पण्डित वासुदेवकृष्ण शास्त्रीले निकालेको बिहीबार दिउँसो एक बजेर ७ मिनेटको साइतमा शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरे।यसअघि गगन थापा र प्रदीप पौडेलले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्ने […]
अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो । […]
नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी शर्माले सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले तीज पर्वले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुर्याउन सकोस् भनी शुभकामना व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाली महिला दिदीबहीनीमा सुख, शान्ति समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । “नेपाली समाजमा रहेका सबै खाले विभेद एवं […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा नेपाली महिला दिदीबहिनीहरूलाई शुभकामना दिएका छन् । शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । उनले तीज पर्वले चेली-माइती, साथी-सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन् । तीज पर्वको […]
२४ भदौ काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । उपसभापति निधिले पार्टीभित्र देखिएको क्रियाशील सदस्यता विवाद र निर्वाचन निर्देशिका भएका त्रुटिहरु सच्याउन केन्द्रीय समिति बैठक बोलाउन माग गरेका हुन् । बुधबार सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै उपसभापति निधिले निर्वाचन निर्देशिका कार्यान्वयन गर्ने क्रममा विधानमा कतिपय त्रुटि र […]