होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संघीय संसदमा आजबाट दुई नयाँ दलको प्रवेश
समाचार

संघीय संसदमा आजबाट दुई नयाँ दलको प्रवेश

  • नागरिक रैबार
संघीय संसदमा आजबाट दुई नयाँ दलको प्रवेश

काठमाडौं, २३ भदौ । नवौँ अधिवेशन सुरु भएसँगै आजबाट दुईवटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जसपा नेपाल बिभाजित गराई दिएपछि संसदको बैठकमा दुई नयाँ पार्टीले प्रवेश पाउने भएका हुन् ।

नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट बिभाजित भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी (लोसपा) पार्टीले पहिलो पटक संसदमा प्रवेश पाउन लागेका हुन् ।

‘दुई नयाँ पार्टी थपिएकाले संघीय संसद भवनमा सिट व्यवस्थापनको काम सम्पन्न भइसकेको छ,’ संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भन्नुभयो, ‘एकीकृत समाजवादी सत्तापक्षतर्फ र लोसपा प्रतिपक्षमा बस्ने गरी व्यवस्था मिलाइएको छ ।’ उहाँका अनुसार सो सिट व्यवस्थापन दुवै नयाँ दलको आग्रह अनुसार नै गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार