होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : २०६८ को जनगणनाअनुसार कैलालीमा एक लाख ७२ हजार ६८२ जना बसाइसराई गरी आएकोका थिए। उनीहरुमध्ये कृषिका लागि २८ दशमलव ११, व्यवसायीक प्रयोजनका लागि तीन दशमलव ११ र रोजगारीका लागि चार दशमलव २२ प्रतिशत कैलाली आएका थिए। यस्तै, अध्ययनका लागि १० दशमलव ५८, विवाह गरेर १४ दशमलव ४० प्रतिशत, निर्भरतामा २८ दशमलव ३२, द्वन्द्वका कारण […]
तीजका कयौं गीत आए । हरेक वर्ष थुप्रै संख्यामा नयाँ–नयाँ तीजका गीतहरु सार्वजनिक हुन्छन् । तिमध्ये अधिकांश गीतहरु आएकै वर्ष हराउँछन् । तर एउटा तीज गीत छ, जुन वर्षौदेखि तीजमा गुञ्जिदै आएको छ । सो गीतमा महिलाहरु वर्षौंदेखि नाचिरहेका छन् । त्यो गीत तीजको पर्याय नै बनेको छ । र, त्यस गीतलाई उछिन्न अन्य गीतहरुले […]
धनगढी : मंसिरमा १४औँ महाधिवेशनको मिति तोकेको नेपाली काँगे्रसको वडा अधिवेशन भने १८ गतेदेखि सुरु भएको छ। तर सुदूरपश्चिमका तीन जिल्ला कैलाली, डडेल्धुरा र बाजुरामा भने क्रियाशील सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको छ। कैलाली र बाजुरामा नामावली नै प्रकाशन गरिएको छैन भने डडेल्धुरामा नामावली प्रकाशित भएपछि सोही नामावलीमै विवाद भएको छ। क्रियाशील सदस्यता वितरण गर्दा […]
नागरिक रैबार/बाजुरा २२ भदौ। जिल्ला प्रशासन कार्यालय बाजुरामा कम्प्युटर अपरेटर पदमा कार्यरत नैन रावल वर्षकै उत्कृष्ट कर्मचारीमा चयन भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरामा विगत ७ वर्षदेखि कार्यरत रावललाई कार्यालयको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन महत्वपूणर् भुमिका निर्वाह गरेको भन्दै बर्षकै उत्कृष्ट कर्मचारी चयन भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन् । राष्ट्र […]
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल […]
सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ । कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ । यस्तै, सिमी र […]
काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो । जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो […]
काठमाडौँः प्रधानमन्त्रीमाथि प्रचार अभियानका क्रममा ढुंगा प्रहार गरिएको छ। मंगलबार ओन्टारियोमा एउटा ब्रुअरीको भ्रमणपछि बसमा फर्कने क्रममा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ढुंगा प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री ट्रुडोलाई चोट भने लागेको छैन। सीटीभी नेसनल न्युजका अनुसार मिडिया बसमा सवार दुई जनालाई पनि ढुंगाले लागेको छ। ट्रुडोले अगस्टमा मध्यावधि चुनाव घोषणा गरेका थिए। क्यानडामा […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परिमार्जनसहित पास गर्नुपर्ने बताएका छन्। बुधबार एमाले संसदीय दलको बैठकमा उनले एमसीसी सम्झौताका बुँदामा कुनकुन प्रावधान गलत रहेको छ भन्ने विषयमा स्पष्ट पार्न खोजेका छन्। उनले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। रावलले केहि प्रावधान र सम्झौता राष्ट्रिय हित विपरित रहेकाले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो २ बजे संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा हुनेछ । बुधबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनमा पार्टीले खेल्ने भूमिकाको विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
काठमाडौं । सातौं संविधान दिवस आगामी असोज २ देखि ४ गतेसम्म राष्ट्रिय दिवसका रुपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाइने भएको छ । राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिको बुधबारको बैठकले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी […]
२३ भदौ, धनगढी । सुुदूरपश्चिममा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को समर्थनले नै बहुमत पुगेको छ । प्रदेशसभामा २५ सांसदसहित ठूलो दल रहेको एमालेका १४ सांसदले नयाँ दल रोजेपछि एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । प्रदेश सरकारमा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १४ गरी २७ सांसद […]
सरकारले कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ८ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो । यसअघि स्थगन […]
नेकपा एमालेले माधव नेपालसहित पार्टीको कारबाहीमा परेका १४ सांसद उपस्थित भएमा संघीय संसदको बैठक चल्न नदिने चेतावनी दिएको छ । राष्ट्रपतिको पत्र पढेर सुनाए लगत्तै एमालेले संसद चल्न नदिने रणनीति अख्तियार गरेको हो । अध्यक्ष तथा एमाले संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओलीले संसद चल्न नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएका हुन् । एमालेमाथि […]
काठमाडौँ: आज दिउँसो सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम सहित गण्डकी, कर्णाली, वाग्मती प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन्। देशका अन्य क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुने उनले बताइन्।
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन फुटाउन ठूलो षड्यन्त्र भइरहेको बताएका हुन्। प्रचण्डले त्यसका लागि अमेरिकी सहायत परियोजना (एमसीसी) को प्रयोग गर्न थालिएको बताए। ‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र […]
रुपन्देही। नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभई पार्टीले काँचुली फेरेको बताएका छन्। बुधवार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले एमाले विभाजन नभएर केही लोभीपापी बाहिरिएर पार्टीले काँचुली फेरेको बताएका हुन्। ‘केही अवसर खोज्ने साथीहरू चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन,’ उनले भने। पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभई लोभ […]
काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड–१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ वर्षभन्दा […]
धनगढी: प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाको प्रवेश राजनीतिमा भएको छ। उमेरले २६ वर्ष पुगेका उनको नाम क्रियाशील सदस्य सूचीमा अटाएको छ। बुवाकै जन्मस्थान गन्यापुरा गाउँपालिका–वडा नम्बर १ असिग्रामबाट जयविरको क्रियाशील सदस्यता रहेको छ। उक्त वडा प्रदेश सभा क्षेत्र (ख) मा पर्छ। उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको […]
काठमाडौं । नेपालमा पनि भर्चुअल र अन्य माध्यमबाट आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । ‘मानवकेन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्यूनता’ भन्ने नाराका साथ मनाइने दिवसमा कोभिड-१९ का कारण भौतिक उपस्थितिका कार्यक्रम राखिएको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिवसका अवसरमा आज भक्तपुरमा वृक्षरोपण कार्यक्रम तय गरेको छ । हाल १५ […]