होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ भदौ। नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ८ औ जिल्ला सम्मेलन मार्तडीमा सूरु भएको छ । अनेरास्ववीयु (क्रान्तीकारी) को उक्त सम्मेलन सदरमुकाम मार्तडीको अपि होटलमा मंगलबारबाट सूरु भएको हो ।अखिल क्रान्तिकारीका बाजुरा संयोजक पारस बुढाको अध्यक्षतामा संचालन भएको ८ औ जिल्ला सम्मेलनको प्रमुख अतिथि अखिल क्रान्तिकारीका […]
धनगढी : नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। उनीहरुले धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमै पुगेर सनाखत गरिसकेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमाको आज अन्तिम दिन हो। तर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या बढ्ने सम्भावना भने कम छ। १४ जना सांसदले एकीकृत समाजवादी रोजेसंगै अब […]
धनगढी : सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन्। दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन्। ‘नेकपा एकीकृत समाजवादीमा जाने हाम्रो कुनै तयारी छैन,’ राज्यमन्त्री गहतराजले दिनेशखबरलाई भनिन्, ‘राजीनामा दिने […]
नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् । दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ । मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको […]
बैतडी । नेपाली कांग्रेस दशरथचन्द नगरपालिका सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत वडा तहमा सम्पन्न अधिवेशनमा उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी चन्द्रसिंह थापासँग ४ मतले पराजित भएपछि क्षेत्रीय प्रतिनिधिमा छनोट हुन सकेनन् । विजयी भएका थापाले ५७ मत र पराजित चन्दले ५३ मत प्राप्त गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी […]
पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधव नेपाल समूहले पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए । पार्टीलाई मिलाउन कार्यदल निरन्तर लागिरहेको भए पनि नेपाल समूह छाडेर गएको पाण्डेको भनाइ थियो । ‘केही सुखद […]
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रचारात्मक नारा तय भएको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागको चौथो पूर्ण बैठकले “काँग्रेसमा उत्साह, एकता, रूपान्तरण सफल बनाऔँ १४ औँ महाधिवेशन” तय गरेको हो । विभागका प्रमुख एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले महाधिवेशनको पूर्व सन्ध्यामा नीति र विचार केन्द्रित प्रचारको “चिन्तन चौधौँ महाधिवेशन” कार्यक्रम […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।यसैबीच सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता […]
काठमाडौं। विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकिँदैछ। राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बाट लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० निर्वाचन आयोगमा दर्ता भएका थिए। निर्वाचन आयोगमा उपस्थित भएर एमाले र जसपाका सांसद र केन्द्रीय सदस्यह?ले सनाखत गरेसँगै निर्वाचन आयोगले दुई नयाँ […]
धनगढी: आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै डडेल्धुरामा एक वडा सभापतिले नेपाली कांग्रेसको क्रिया गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेको बताएका हुन्। सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन।’ उनले विगतदेखि आफूले पार्टीमा दिएको […]
नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय समिति बैठक बस्दैछ । भदौ १२ देखि १५ सम्म भएको राष्ट्रिय भेलाले चयन गरेको नयाँ केन्द्रीय समिति सदस्यहरुको पहिलो बैठक आज बस्न लागेको हो । बैठक वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने वाइसीएलका नेता पुष्प ओलीले जानकारी दिए । बैठकले अध्यक्ष लगायतका पदाधिकारीहरु चयन गर्नेछ । १५ […]
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ। देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही […]
काठमाडौँ — क्रियाशील सदस्यताको टुंगो नलाग्दा २० जिल्लामा कांग्रेसको वडा अधिवेशन अनिश्चित भएको छ । समितिका अनुसार प्रदेश १ को मोरङ, २ का सप्तरी, सिराहा, धनुषा, मोहत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, लुम्बिनीका बाँके, बर्दिया र कपिलवस्तु, कर्णालीका सुर्खेत र डोल्पा तथा सुदूरपश्चिमका बाजुरा र कैलाली जिल्लामा सदस्यताको सूची अझै टुंगो लागेको छैन । समितिका सदस्य अधिवक्ता […]
जुम्ला — कुनै समय थियो– डाक्टरहरू कर्णाली जान मान्दैनथे । एक जना डाक्टर नपाउने त्यही कर्णालीको जुम्लामा यतिखेर डाक्टरी पढ्न विद्यार्थीको प्रतिस्पर्धा छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक महिनाभित्र एमबीबीएस पढाइ थाल्ने भएको हो । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल ।एमबीबीएस पढ्न चाहनेसँग चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिइसकेको छ भने उत्तीर्ण विद्यार्थीलाई एक साताभित्र […]
पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनको वडा तहको निर्वाचनमा युवाको बाहुल्य उपस्थिति देखिइरहेको छ ।दैलेख दुल्लु नगरपालिका-३ मा १९ वर्षीया किशोरी स्वस्तिका महत वडा सभापति बनेर चर्चा बटुलिन् । कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ बाट १९ वर्षकै दिपिका भण्डारी क्षेत्रीय प्रतिनिधि बनिन् । मादी गाउँपालिका वडा नम्बर ९ मा २८ वर्षका प्रभात अधिकारी वडा […]
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु […]
बाजुरा: सरकारले हलिया मुक्तिको घोषणा गरेको सोमबार १३ वर्ष पुगेको छ। सुदूरपश्चिमको नौ र कर्णाली प्रदेशको तीन गरी १२ जिल्लामा रहेका हलियालाई नेपाल सरकारले २०६५ साल भदौ २१ गते मुक्त भएको घोषणा गरेको थियो। सरकारले मुक्त घोषणा गरेको एक दशकभन्दा बढी बितेको भए पनि अझै बाजुराका हलियाहरु पुनःस्थापित हुन सकेका छैनन्। यहाँका मुक्त हलियाका अगुवाहरुले […]
२१ भदौ, काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो । केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर […]
धनगढी : नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा कैलालीका थप २० जना स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन्। सोमबार घोडाघोडी नगरपालिका उपमेयर प्रेमाकुमारी थापासहित थप २० जना जनप्रतिनिधिले निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादी रोजेका हुन्। योसंगै एमाले छाडेर जिल्लामा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको संख्या ५२ पुगेको छ। आज उपमेयर थापासहित वडाध्यक्ष टेकबहादुर बुढा, धनबहादुर बम, कार्यपालिका सदस्य […]