होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अर्थमन्त्री जनार्दन शर्माले कोभिड १९ बाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि थप रकमको व्यवस्था गरेको बताएका छन् । उनले कोभिड १९ का कारण रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रमा रहेका ५ लाख गरिब परिवारलाई एक पटकका लागि प्रति परिवार १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले स्थानीय तहको सहयोगमा असोज महिनाभित्र […]
काठमाडौं। सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट https://drive.google.com/file/d/1gU4kVWvFp7AIyW78t43_jxpJ3LPBm9te/view
२५ भदौ, काठमाडौं । सरकारले क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । २०७४ को आम चुनावको […]
काठमाडौं । सरकारले राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् । यसअनुसार जनयुद्ध, जनआन्दोलन लगायतमा ज्यान गुमाएकाको परिवारले मासिक भत्ता पाउने भएका छन् । विगतदेखि नै […]
काठमाडौं सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ११४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १६६० जना संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ३६ […]
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताका लागि विष सरह हुने टिप्पणी गरेका छन् । विश्वलाई नै दुःख दिने नियतका साथ आएको एमसीसी सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई उनले आग्रह गरे । नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले भने, […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ ।गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदहरु यथास्थानमा उठेर विरोध जनाएका थिए । गृहमन्त्री खाँणले अध्यादेश पेश गरिसकेपछि उनीहरु आ–आफ्नो आसनमा बसेका छन् । त्यसपछि राष्ट्रियसभाले महेन्द्र शेरचन र जेबी टुहुरेको निधनमा […]
प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् । प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए । सुवालपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, […]
धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ । कैलाली, बाजुरा र डडेल्धुरा बाहेकका जिल्लामा कांग्रेसले अधिवेशन सम्पन्न गर्दै चार सय ८७ वडामा नयाँ नेतृत्व चयन गरेको छ । दार्चुलाका ६१ वडा, बैतडीका ८४ वडा, डोटीका ६५ वडा, अछामका ९१ वडा, बझाङका ९४ वडा र कञ्चनपुरका ९२ वडामा अधिवेशन सकिएको […]
काठमाडौं, २५ भाद्र । प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले अवरोध गरेका छन् । उनीहरु नारावाजी गर्दै अवरोध गर्न पुगेका हुन् । नारावाजीमा एमाले सांसदहरु महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पाललगायत सक्रिय देखिएका छन् । उनीहरुले नारावाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार अवरोध नगर्न भनिरहेका छन् । माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने […]
काठमाडौं: सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीमा राष्ट्रिय सहमति जुटाउने प्रयास भइरहेको बताएका छन्। एमसीसी उपाध्यक्ष फतेमा सुमारसँगको भेटमा प्रचण्डले सत्तारुढ गठबन्धभित्र पनि सहमति हुनुपर्ने बताएका छन्। सुमारले एमसीसबारे नेपालले अब निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई यसबारेमा दृष्टिकोण बनाउन सुझाव दिएकी छन्। प्रचण्डलाई भेट्न सुमार शुक्रबार बिहान उनको निवास खुमलटारमा पुगेकी थिइन्। भेटमा एमसीसीबारे छलफल भएको […]
सरकारले आजको संसद् बैठकमा बजेटसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस गर्ने भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरोध गरे पनि अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको घेरा तोडेर विधेयक टेबल गर्ने सत्तापक्षको तयारी छ । यसअघि भदौ २३ को बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले एमालेको अवरोधकै बीचबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सदनसमक्ष टेबल गरेका थिए । […]
भाद्र शुक्ल तृतीयाका दिनमा बिहीबार देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाएका बर्तालुले आज बिहान गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसै दिन बेलुकी समापन गर्ने विधि भए पनि हरितालिका (तीज) व्रत भने भोलिपल्ट बिहानमात्र उद्यापन गर्ने शास्त्रीय परम्परा छ । भाद्र शुक्ल तृतीयाकै बेलुकी पूजा लगाएका बर्तालुले […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशन सुरु भएको छ । विहान ८ बजेबाट अधिवेशन सुरु भएको हो । निर्वाचन अधिकृत लोकेन्द्र बमका अनुसार जिल्लाका ५२ वडा मध्ये २५ वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । उनले भने, ‘बिहान ८ बजेबाट वडा अधिवेशन गर्ने गरी समय निर्धारण गरेका थियौं । सोही समयमा अधिवेशन […]
डोटी: जिल्लाको पूर्वी क्षेत्रस्थित दिपायल सिलगढी नगरपालिका–८ सेटीगाउँ पहिराको उच्च जोखिममा छ। गाउँमाथि र तलबाट पहिरो आउन थालेपछि सिङ्गो गाउँका २०० घरपरिवार जोखिममा परेका छन्। केही दिन पहिलेको वर्षाका कारण पहिरो आउन थालेको स्थानीयवासी ७८ वर्षीया हरिना कडायतले जानकारी दिइन्। उनका अनुसार पहिरो अहिले पनि बेलाबेलामा आइरहेको छ। लगातार पहिरो आउन थालेपछि त्यहाँका नागरिकलाई सामान्य […]
धनगढीः डडेल्धुरामा नेपाली काँग्रेसको वडा अधिवेशन सुरु भएको छ। विवादकाबीच वडा अधिवेशन सुरु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताको छ। सबै वडाको विवरण भने आएको छैन। निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमका अनुसार अमरगढी नगरपालिका वडा नम्बर ७, नवदुर्गा गाउँपालिका वडा नम्बर ४ लगायतका वडाहरुमा उद्घाटन सत्र सकिएको छ। नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी […]
काठमाडौं, भदौ २५ । तीव्र विवादमा परेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यक्रम लागू गर्न नेपाल भ्रमणमा आएको एमसीसीका उपाध्यक्ष फतिमा सुमारको टोलीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेटेर आफ्नो औपचारिक भेटघाट शुरु गरेको छ । बिहीबार बिहान आफ्नो भ्रमण दलको टोलीसँगै काठमाडौंं आएको समारको टोलीले एमाले अध्यक्ष ओलीलाई उहाँको […]
रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए । जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ […]
काठमाडौं, भदौ २५ । सातौँ संविधान दिवस विभिन्न कार्यक्रम आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । आगामी असोज २, ३ र ४ गते संविधान दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको संविधान दिवस मूल समारोह समितिले जनाएको छ । नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ । संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा […]