होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी
समाचार

सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी

  • नागरिक रैबार
सभामुखविरुद्ध संसदमै एमालेको नाराबाजी

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।

 

विज्ञापन

सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाए । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उनले सोधे, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’

सभामुख अग्निप्रसाद सापकोटाले पनि आफूले जवाफ दिने बताए । आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको भन्दै उनले भने, ‘हाल यो विषय सम्मानित विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’

उनी बोलिसक्दा नसक्दा एमाले सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ जस्ता नारा लगाएका छन् ।

एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार