होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले फुटेको छैन, काँचुली फेरेको हो : विष्णु पौडेल
समाचार

एमाले फुटेको छैन, काँचुली फेरेको हो : विष्णु पौडेल

  • नागरिक रैबार
एमाले फुटेको छैन, काँचुली फेरेको हो : विष्णु पौडेल

रुपन्देही। नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभई पार्टीले काँचुली फेरेको बताएका छन्। बुधवार बुटवलमा आयोजित एक कार्यक्रममा पौडेलले एमाले विभाजन नभएर केही लोभीपापी बाहिरिएर पार्टीले काँचुली फेरेको बताएका हुन्।

‘केही अवसर खोज्ने साथीहरू चर्न जानुभएको छ, यसले पार्टीलाई केही फरक पर्दैन,’ उनले भने। पौडेलले माधव नेपालको पार्टीलाई विचार र दर्शनका आधारमा नभई लोभ र अवसरका लागि केही व्यक्तिले समूह बनाएको आरोप लगाए।

‘यो भद्दा अवसरवाद हो। उहाँहरू अवसरका लागि जनताको बहुदलीय जनवादसमेत त्यागेर जानुभएको छ’ उनले भने, ‘यसैमा विद्यावारिधि गरेका साथीहरूलाई ग्लानिसमेत भएन, एमालेमा फर्केर आउन नचाहेका कारण जबज छोडेर जानुभएको हो, उहाँहरूको अन्तै विलीन हुने सोच यसबाट प्रष्ट हुन्छ।’ एमाले फुटाउन ल्याएको अध्यादेश संसदबाट पारित गर्न उनले चुनौती दिएका छन्।

विज्ञापन

पौडेलले भने, ‘हिम्मत छ भने एमाले विभाजनका लागि ल्याइएको अध्यादेश संसदबाट पारित गर्नुहोस्।’ पूर्वअर्थमन्त्री पौडेलले आफूले ल्याएको बजेटमाथि भइरहेको संशोधन अपरिपक्व भएको बताउँदै कुनै खोट भए देखाउन आग्रह गरे।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार