होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिक, अशक्त र असाहयलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेको छ । बुढीगंगाले नगरभित्रका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि १० वटै वडाका १ सय जना जेष्ठ नागरिक, अशक्त र असाहयलाई न्यानो कम्वल वितरण गरेको हो । जिल्लामा केही दिन यता चिसो बढेपछि नगरभित्रका नागरिकहरुलाई […]
काठमाडौं : सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे । घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र […]
काठमाडौं, ५ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निक्र्यौल गरेर बैठक चलाउन माग गरेका थिए । सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन […]
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको बताइन्छ । प्रमुख सत्ता साझेदार […]
नागरिक रैबार/बाजुरा २९ पुस। बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीमा रहेको समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालन गर्न अनुमति दिएको छ । बडीमालिका नगरपालिकाको १२ औं अधिवेशनबाट समता स्कुललाई कक्षा १ देखि ५ सम्म संचालनका लागि अनुमति दिने निणर्य गरेको पत्रकार सम्मेलन मार्फत नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । समता एजुुकेशन पाउण्डेसनद्धारा संचालनमा रहेको […]
काठमाडौँ । सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय पाउने भन्नेमै स्पस्ट सहमति हुन सकेको छैन । केन्द्रसँगै प्रदेशका समते मन्त्रालयको भागवण्डा लगाउनेगरी प्याकेजसमै सहमति जुटाउने प्रयास भएपनि दलहरुबीच ठोस सहमति हुन बाँकी छ […]
आउँदो माघ ५ गते प्रतिनिधि सभामा सभामुखको निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबाट सभामुख पद एमालेले पाउने निश्चित जस्तै भएको छ । सो निर्वाचनका लागि कांग्रेसले उम्मेदवार उठाउने वा नठाउनेबारे हालसम्म कुनै निर्णय गरेको छैन । सभामुखको निर्वाचनका लागि माघ ३ गते सङ्घीय संसद्का महासचिवले निर्वाचनको कार्यक्रमको सूचना प्रकाशन गर्नेछन् । माघ ४ गते सभामुखको उम्मेदवारी […]
काठमाडौँ । वामपन्थी वैचारिक नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार नेता भुसाल समाजवादीमा प्रवेश गरेका हुन् । भुसाललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।राजधानीमा आयोजित भुसालको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । यसअघि नेकपा […]
आज सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य तथा पूर्वी तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागि रहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी […]
काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।दिउँसो तीन बजे सुरु हुने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि ३१ सांसदको आवश्यक पर्छ। ३३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीलाई एमालेका २२, माओवादीका ८, राप्रपाका […]
काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे बानेश्वरस्थित अर्याल होटलमा आयोजित कार्यक्रमबाट उनले एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्न लागेका हुन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी […]
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । राप्रपा उच्च स्रोतका अनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार र बिहीबार भएको मन्त्रालय भागबन्डासम्बन्धी छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसकेको छ । […]
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक केही बेरमा बस्दैछ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ११ बजे बस्ने तय भएको एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । आजको बैठकमा मन्त्रालयहरूको भागबन्डामा सहमति जुटाएर सकभर आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुबीच कसलाई […]
उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ। उनीमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। जिल्ला अदालत काठमाडौंले उनलाई थुनामै राखेर बलात्कार सम्बन्धी मुद्दामा कारबाही अघि बढाउने भन्दै गरेको आदेश विरूद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए। सोही निवेदनमा न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई […]
काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउँदो ५ चैतमा हुने भएको छ । त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार जारी गरेको सूचनाअनुसार ५ चैतमा त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन हुने र यसका लागि तयारी गर्न र गराउन क्याम्पसहरूलाई आग्रह गरिएको छ । त्रिवि कार्यकारी परिषद्को २२ पुसमा बसेको बैठकले […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ खाएका छन्। मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्ती रावलले पद तथा गोपनीयताको सपथ लिएका छन्। मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई सपथ सुवाएका छन्। उनले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमाले दलको उपनेता सन्तोष थापालाई मन्त्रीमा […]
कैलाली । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुने भएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीले सभामुख चयनका लागि दिउँसो १ बजे प्रदेशसभा भवनमा मतदान कार्यतालिका रहेको जानकारी दिए। सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलको उम्मेदवारी परेको छ । माओवादी केन्द्रका भण्डारीको प्रस्तावकमा एमालेकी प्रदेशसभा सदस्य जानकी बम […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधवार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेस लगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। रावलले बिहीवार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय […]
देश भन्नु नै के रै’छ र चार किल्लाको माटो ! त्यै माटो नै उस्को मात्रै जो छन् टाठो-बाठो !! मार्मिक हरफ कलाकार प्रकाश सपूतको ‘पीर’ गीतको अंश हो । देश भन्ने केवल शब्द मात्रै होइन, यो एउटा भावना, प्रेम, कर्म थलो र पहिचान हो । देशसँग केवल भूगोल र राजनैतिक प्रणाली मात्र हुँदैन, योभित्र संस्कार, […]
नागरिक रैबार बाजुरा २७ पुस नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आजबाट धनगढीमा सूरु भएको छ । आजबाट सूरु भएको प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समद्घाटन् गरेका हुन् । नेपाल प्रेस युनियन सुदुरपश्चिमको प्रथम अधिवेशन प्रेम चुनाराको अध्यक्षतामा सूरु भएको छ । अधिवेशनमा प्रमुख अतिथी नेपाली कांग्रेसका […]