होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा संसदको पत्र कुर्दै प्रदेश प्रमुख, अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा
समाचार

सुदूरपश्चिममा संसदको पत्र कुर्दै प्रदेश प्रमुख, अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा

  • नागरिक रैबार
सुदूरपश्चिममा संसदको पत्र कुर्दै प्रदेश प्रमुख, अर्को मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख देवराज जोशी नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् ।

उनले मुख्यमन्त्री पदमुक्त भएको पत्र आएपछि नयाँ मुख्यमन्त्री नियुक्ति अघि बढाउने तयारी गरेका छन् ।संविधानको धारा १६८ (२) अनुसार २७ पुसमा मुख्यमन्त्री बनेका नेकपा एमालेका नेता रावलले विश्वासको मत नपाएपछि उनी बिहीबार नै पदमुक्त भए ।धारा १६८ (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।त्यस अनुसार १९ सिटसहित प्रदेशसभामा ठूलो रहेको नेपाली कांग्रेसको संसदीय दलको नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुन सक्नेछन् ।प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेश ढु‌गानाले अर्को मुख्यमन्त्री नियुक्तिका विषयमा प्रदेश प्रमुख जोशीले परामर्श सुरु गरेको जानकारी दिए । अनलाइन खबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार