होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा
समाचार

विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

  • नागरिक रैबार
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री रावलले दिए राजीनामा

धनगढी । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् ।उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् ।

रावलले पेश गरेको विश्वासको मत लिने प्रस्ताव सुदूरपश्चिम प्रदेश सभामा अस्वीकृत भए उनी स्वद पद मुक्त भएका छन् ।

२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।

विज्ञापन

जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भएपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।  रावल पदमुक्त भएपछि  प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि परामर्श थालेका छन् । अनलाइन खबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार