होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी– कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।जनावरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्।त्यसबाट ३ हजार २२५ जनाले ज्यान […]
जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन्। “ कार्यकक्षमा फोनमा कुराकानी […]
काठमाडौं ५ चैत- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब […]
नागरिक रैबार/बाजुरा ५ चैत्र। बाजुरामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण रोक्न र कुनैपनि स्थानमा फैलिन नदिनका लागि जिल्लाको विपद् व्यवस्थापन समिति बाजुराले विभिन्न ९ निर्णय गरेको छ । बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बसेको विपद् व्यवस्थापन समितिकोे वैठकले जिल्लाका विभिन्न ठाउँमा कोरोना भाईरसको रोकथाम र यसबाट बच्नका लाथि ४ वटा हेल्थ डेस्क स्थापना गर्ने भएको […]
अछाममा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउद रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नागरिक रैबार/बाजुरा ४ चैत्र। बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अवदेखि आधुनिक मापसे जाँच गर्ने यन्त्र प्रयोग गर्ने भएको छ । जिल्लामा बढ्दो मदिरा सेवन कर्ताहरुलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई बडीमालिका नगरपालिकाले ३ वटा आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र सहयोग गरेको हो । उक्त यन्त्रहरुलाई […]
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई दिइएको फाँसिको सजाय विरूद्ध काठमाण्डौस्थित पाकिस्तानी दुतावासमा विरोधपत्र बुझाउन गएका विधार्थिहरूमाथी पंचायती शासकहरूले निर्मम दमन गरेपछी सुरू भएको विधार्थी आन्दोलन – २०३६ का विधार्थि नेता भिम रावल आफ्नो गिरफ्तारीपछि नख्खु जेलमा भोक हड्ताल बसेका थिए । त्यही विधार्थी आन्दोलनको अर्को हस्ती एवं रावल पत्नी संजिता रावल कुनै दिन […]
राम बहादुर बि.क/बाजुरा ४ चैत्र । जिल्लाको त्रिवेणी नगरपालिकालाई मंगलबार एक औपचारिक कार्यक्रमका वीच पुर्ण साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकाले साक्षर घोषणा गर्नका लागि सबै मापदण्ड पुरा गरेपछि नगरपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो । नगरपालिकाद्धारा त्रिवेणी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामसिहं रावले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका […]
४ चैत, बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार […]
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् नकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने […]
४ चैत, जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ । सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई […]
सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । भोली कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कर्यालय एवं सार्वजनिक नियकाहरु बन्द रहने छन् ।
मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् । सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् । सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ । हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् । छाउ […]
३ चैत, खोटाङ । बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित ¥याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ […]
एजेन्सी । विश्वब्यापी महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसका कारण विश्वभर १ लाख ७० हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार १ सय ५७ देशका १ लाख ७० हजार १ सय ७८ जना नागरिक कोरोना भाइरसको संक्रमणमा परेका छन् । जसमध्ये ६ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको […]
३ चैत, काठमाडौं । कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार साँझ सार्कका राष्ट्र एवं सरकार प्रमुखहरूबीच आयोजित भिडियो कन्फरेन्स आजका सबै अखबारहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहहरूले समेटेका छन् । ‘महामारी जित्ने र्साकको वाचा’ शीर्षकमा अन्नपूर्णले सार्कका राष्ट्र एवं सरकार प्रमुखबीच भएको भिडियो कन्फरेन्सबारे मुख्य समाचार बनाएको […]
नागरिक रैबार/बाजुरा २ चैत्र। जिल्लाको गौमुल गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । गौमुल गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिकाका पशुपालक कृषकहरुका विरामी पशुपंक्षीहरुको औषधोपचार गर्नका लागि गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो । चैत्र ३ देखि ८ गते सम्म संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ६ […]
अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। २६ वर्षीय रविन पुन र ४१ वर्षीया यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ। मृतक पुन र […]