होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोरोना भाइरसको नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको दाबी
देश/प्रदेश

कोरोना भाइरसको नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको दाबी

  • नागरिक रैबार
कोरोना भाइरसको नयाँ सङ्क्रमण शून्यमा पुगेको चीनको दाबी

एजेन्सी– कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।जनावरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्।त्यसबाट ३ हजार २२५ जनाले ज्यान गुमाएका छन् भने ७० हजार भन्दा बढी निको भएका छन् ।

अहिले पनि १० हजार भन्दा बढीमा सङक्रमण सक्रिय रहेको जनाइएको छ ।पछिल्ला दिनहरूमा चीनको प्रयास देशभित्र कोरोनाभाइरसलाई पुन: भित्रन नदिने रहदै आएको छ ।अधिकांश नयाँ घटना बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका बीबीसीले जनाएको छ ।

विज्ञापन

सङ्क्रमण सबैभन्दा उच्च विन्दुमा पुग्दा चीनले कठोर क्वारन्टीन लागू गरेको थियो र भाइरस फैलनबाट रोक्न आवतजावत नियन्त्रणबारे कडा व्यवस्था लागु गरेको थियो ।

यी कदमहरूको सफलताका कारण नयाँ सङ्क्रमितको सख्या घटेपनि चीनमा कोरोनाभाइरसको जोखिम नहटिसकेको विज्ञहरू बताउँछन् । त्यही भएर अधिकारीहरूले बाहिरबाट भित्रने मानिसहरूको कडा निगरानी गरिरहेका बताइएको छ ।

यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका छन् तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् प्रष्ट भइसकेको छैन् ।सिङ्गापुरमा बुधवार ४७ वटा नयाँ सङ्क्रमण देखा परेका छन् जसमध्ये ३३ वटा आयातित थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार