होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम जिल्लामा छाउ गोठ भत्काउने अभियानमा प्रहरी सक्रिय भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पुस ९ गतेदेखि सुरु भएको अभियान अन्तरगत अहिले सम्म एक हजार एक सय ५२ छाउ गोठ भत्काईएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छाउ गोठ भत्काउन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। जिल्ला प्रहरी कार्यालय तथा […]
राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए । बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । […]
धनगढी विमानस्थल फेरी माघ १० गते सम्म आशिंक बन्द रहने भएको छ। दोश्रो पटक पुस २१ गते सम्मका लागि विमानस्थल आशिंक बन्द गरिएकोमा फेरी तेश्रो पटक समय बढाउँदै माघ १० गते सम्म आशिंक बन्द रहने भएको हो। पुस १ गतेदेखि नै पूर्ण रुपमा सञ्चालनमा आउने भनिएकोमा काम अधुरै रहेको भन्दै २१ गते सम्मको लागि आशिंक […]
काठमाडौं- आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारी दर्ता गर्न चाहने हरेक उम्मेदवारले १० हजार रुपियाँ धरौटी बुझाउनुपर्ने भएको छ । निर्वाचन आयोगले तयार गरेको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका अनुसार यही पुस २० गते सम्बन्धित प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ । आयोगका अनुसार यही पुस २० गते आइतबार दिनको १० देखि ३ […]
शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन्। तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताए। उनका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ। काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च […]
मौसममा बद्ली भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा फेरी हिमपात भएपछि विभिन्न राजमार्ग अवरुद्ध भएको छ। अत्तरिया– डडेल्धुरा भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार भीमदत्त राजमार्गको हगुल्टे र दशरथ चन्द राजमार्गको अनारखोलीमा भारी हिमपात भएको छ। डडेल्धुरा सदरमुकाममै पनि केही ठाउँमा एक फिट […]
बिहिवार रातिदेखि भईरहेको हिमपातका कारण सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। डडेल्धुरा, डोटी, बैतडी, बझाङ, बाजुरा, लगायतका जिल्लामा हिमपात भईरहेको छ। हिमपातपछि बढेको चिसोले जनजीवन प्रभावित भएको हो। अहिले भने मौसम पुर्वानुमान महाशाखाले अनुसार अबको केही दिन तापक्रम घटबढ भइरहने छ। पश्चिमी वायु सक्रिय भएकाले अझै देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका […]
आज देशभर मौसम बदली भइ केही स्थानमा वर्षा र हिमपात हुने मौसमविदले बताएका छन्। अहिले काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ। त्यसैले आज घाम लाग्ने सम्भावना कम छ। मौसमविद प्रतिभा मानन्धरले भनिन, ‘काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ। आज पानी पर्छ, घाम लाग्ने सम्भावना छैन।’ शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि […]
विराटनगर- विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई १० रुपैयाँमा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने […]
काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभरको मौसममा बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिनभर देशभर सामान्य बदली रही उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । यस्तै पश्चिम र मध्य क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै पूर्वका एक–दुई […]
कञ्चनपुर : नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु हुँदैछ। सुदूरपश्चिम प्रदेश पनि नेपाल भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रम गर्दैछ। कैलालीको धनगढीमा सांस्कृतिक कार्यक्रमसहित मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल भ्रमण वर्षको शुभारम्भ गर्ने कार्यक्रम छ। कार्यक्रम धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा हुनेछ। उद्घाटनको दिन सुदूरपश्चिम प्रदेशका सांस्कृतिक नृत्य, पहिरन र पर्यटकीय क्षेत्र झल्किने झाँकी प्रदर्शन गरिने जनाइएको […]
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरूको सरुवा गरेका छन्। काठमाडौं। नेपाल प्रहरीका ७७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पुस महीनाको तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरूको सरुवा गरेका हुन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद […]
झापा- सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो । नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको […]
काठमाडौं– आज पुस १४ गते स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मदिन । वीरेन्द्र शाहको जन्मदिनको अवसर पारेर आज राजतन्त्रवादीहरुले उनको ७५ औं जन्मदिन मनाउँदै छन् । वीरेन्द्र शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । शाहको जन्मजयन्तीको अवसर पारेर आज जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम समेत राखिएको छ । राजा वीरेन्द्रको २०५८ […]
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने तयारी थालेको छ । यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक […]
काठमाडौँ। स्थानीय तहमा कानुनको अभावमा कतिपय दैनिक कामकाजमा समस्या भइरहेका बेला सरकारले स्थानीय तहका लागि चार दर्जन नमुना कानुन निर्माण गरेको छ । स्थानीय तहलाई कानुन निर्माणमा सहजीकरण गर्नका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार दर्जन नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको हो । स्थानीय तहमा कानुनको अभावमा कतिपय काममा समस्या भएपछि […]
सिन्धुलीगढीमा पृथ्वीनारायणको शालिक स्थापना गरिने सिन्धुली । कमलामाई नगरपालिका ३ स्थित सिन्धुलीगढीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक स्थापना गरिने भएको छ । विसं १८२४ मा त्यस स्थानमा गोरखाली सेनाले युद्ध गरी अङ्ग्रेज सेनाका किन लक नेतृत्वको दुई हजार ४०० सैनिकमध्ये एक हजार ६०० सैनिकलाई मारेकोे इतिहास छ । करीब दुई हजार ५०० मिटर अग्लो उक्त […]
आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । हरेक वर्ष जाडोमा […]
काठमाडौं–ललितपरको झम्सीखेलमा रहेको एउटा क्याफे । जहाँ चारैतिर हरियो रङले सजिएको देखिन्छ । क्याफे भित्र राखिएका टेबल पनि हरियो नै । भित्तामा मकैको तस्वीर झुन्डाइएको। क्याफेको बाहिरपट्टी ७ फिट अग्लो मकैको सालिक राखिएको थियो भने प्रस्ट देखिने गरी बोर्डमा लेखिएको थियो ‘मिस्टर कर्न’। टेबलमा बस्नेहरु मेनु हेर्नतिर व्यस्त देखिन्थे । कोही भने खाजा खाइरहेका थिए […]
पाल्पा- प्राथमिक तहका शिक्षकको दरबन्दी मिलान गर्ने क्रममा जिल्लाका निमावि र मावि दरबन्दी अभाव हुने अवस्था आएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । प्रावि तहका शिक्षकका भरमा मावि र निमावि कक्षा सञ्चालन भइरहेका छन् । विद्यार्थी शिक्षक औषतका आधारमा पाल्पाका प्रावि तहका ४४० शिक्षक जिल्ला बाहिरिने छन् । प्राविमा शिक्षक दरबन्दी बढी रहेको भनेर […]