होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मौसम सफा हुन अझै केही दिन लाग्ने
देश/प्रदेश

मौसम सफा हुन अझै केही दिन लाग्ने

  • नागरिक रैबार
मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौं । मंगलबार साँझ काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको छ । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीका कारण वर्षा तथा बदली भइरहेको छ । मौसम प्रणाली अझै केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेकाले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार तत्काल यी मौसमी प्रणाली हट्ने सम्भावना छैन ।

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।

विज्ञापन

प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बदलीसहित वर्षा भएको हो ।

विगत केही दिनदेखि देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गर्ने क्रम जारी रहेकाले मौसममा सुधार हुन अझै एक साता लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार