होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी । कोराना भाइरस महामारीबाट बच्नका लागि सम्पूर्ण विश्व भ्याक्सिनको प्रतिक्षामा छ । विश्वका धेरै मुलुक यसको कोसिसमा जुटेका छन् । क्लिनिकल ट्रायलदेखि ह्युमन ट्रायलसम्म सफल भएको छ । यसअघि अक्सफोर्डको भ्याक्सिनबारे धेरै चर्चा थियो । तर मंगलबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले विश्वको पहिलो कोभिड–१९ भ्याक्सिन तयार गरेको दाबी गरे । रुसको स्वास्थ […]
काठमाडौं । पछिल्लो विवरणअनुसार कोरोनाभाइरसबाट थप ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा […]
२८ साउन, वीरगञ्ज । कोरोना भाइरस (कोभिड–१९) को कहर कट्यो कि भन्ने आशमा बसेका वीरगञ्जबासीलाई ८ साउनको एउटा खबरले झस्कायो । खबरको शीर्षक थियो– कोरोना संक्रमणबाट वीरगञ्जमा एकजनाको मृत्यु । साउन पहिलो साताभर कहिले शूल्य त कहिले एकाध कोरोना भाइरसका संक्रमित भेटिएको पर्सामा त्यसपछि हरेक दिन संक्रमित मात्र थपिएनन्, मृत्यु पनि बढेको छ । त्यसपछि […]
२८ साउन, काठमाडौं । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ । गत २४ घण्टामा कोरोना भाइरस निको भएर ६४ जना […]
२८ साउन, सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा बुधबार सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पीपीइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न नसकेका स्वीकार गरेका छन् । बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार क्रियाशील रहेको पनि जानकारी दिए । ‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न […]
काठमाडौं । कोरोना माहामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरुमा कुनै शैक्षिक गतिविधि नगरी यो वर्षको चार महिना बितेको छ । एक शैक्षिक सत्र (एक वर्ष अर्थात् ३६५ दिन) मा १९० दिन पठनपाठन गर्नुपर्ने भए पनि नयाँ शैक्षिक सत्रको चार महिना पठनपाठन विना नै गुज्रिएको छ । वैशाख यता एक दिन पनि पठनपाठन भएको छैन । ३६५ […]
काठमाण्डाै – नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस’ ले जनाएको छ । भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि […]
२८ साउन, काठमाडौं । एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्लीमा बेचबिखनमा परेकी युवतीको उद्धार गरिएको छ । आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उनलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए । आफन्त नेपालमा क्रियाशील नवीन जोशीका अनुसार ती युवतीलाई […]
नागरिक रैबार/बाजुरा २८ साउन। जिल्लाको बुढीनन्दा नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) बुढीनन्दा नगर संगठन कमिटीद्धारा बुधबार कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरि एक दर्जन बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । कोल्टीमा आयोजित नेकपा नगर संगठन कमिटीको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस पार्टी परित्याग गरि नेकपामा प्रवेश […]
काठमाडौं । चन्द्रागिरी बस्ने दम्पत्ति आपसमा छुट्टेको करिब ६ महिना भएको थियो । पारपाचुके भैसकेको थिएन, छुट्टै बस्थे । कपिल (नाम परिवर्तन)लाई एकदिन पुलिसको फोन आयो । फोन गर्ने प्रहरी अधिकारीले भने– ‘तपाईंको नाममा एउटा निवेदन परेको छ, टेकुमा आउनुहोस् ।’ कपिल टेकु पुगे । त्यहाँ पुग्दा पो थाहा भयो, जाहेरी दिने उनकै श्रीमती थिइन् […]
२८ साउन, काठमाडौं । ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत अर्का एकजना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । बाराको कलैया घर भएका ७७ वर्षीय पुरुषको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। पाठकका अनुसार २६ गते राति उनलाई त्रिवी शिक्षण अस्पतालले इमर्जेन्सीमा रिफर गरेको थियो। अस्पताल ल्याउँदा उनलाई जीउभरी संक्रमण […]
प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो। मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले तामझामका साथ प्रयोगशालाको उद्घाटन गर्दै धनगढीमै दुईवटा प्रयोगशाला भएको भन्दै परीक्षणको दायरा बृद्धि हुने विश्वास व्यक्त गरे। तर मुख्यमन्त्रीको विश्वास विपरीत स्वास्थ्य कार्यालय कैलालीमा स्थापना […]
२८ साउन, काठमाडौं । स्पानिस क्लब सेभिया र युक्रेनी क्लब साख्तर डोनेस्क युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको क्वाटरफाइनलमा सेभियाले इंग्लिस क्लब वल्भ्सलाई र साख्तरले स्वीस क्लब बासेललाई पराजित गरेका हुन् । खेलको अन्त्यतिर लुकास ओकमपासले गरेको एक गोलको मद्दतमा सेभियाले वल्भसलाई १-० ले पराजित गरेको हो । त्यसअघि १३औं मिनेटमा सेभियाका […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा पनि अन्तराष्ट्रिय युवा दिवस २०२० विभिन्न कार्यक्रम मनाइने भएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाजुराका युवाहरुले सदरमुकाम मार्तडीमा विहान सरसफाई गरेर मनाएका हुन् । त्यस्तै दिवसकै अवसरमा दिउसो वृक्षारोपण गरेर मनाउने छन् । नेपाल लगायत विश्वमा आज अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । नेपालमा पनि ‘विश्व […]
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले […]
काठमाडौं – विश्वमा कोरोना भाइरस संक्रमितको संख्या २ करोड नाघेको छ । वल्डोमिटर्सको बुधबार बिहानको तथ्यांकअनुसार अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५ लाख २ हजार १२६ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट ७ लाख ४४ हजार ५१६ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये ६३ लाख ३३ हजार ४३१ जनामा सक्रिय संक्रमण छ । […]
जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन्। सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो। प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका […]
धनगढीः डोटीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक लोकेन्द्रबहादुर श्रेष्ठले दुर्घटनामा परी तीन जनाको घटना स्थलमै मृत्यु भएको दिनेश खबरलाई बताए। उनीहरुको सनाखत भने भएको छैन्। उनका अनुसार २९ जना घाईते भएका छन्। उनीहरुको उद्दार गरी उपचारका लागि अस्पताल लैजाने काम भईरहेको छ। […]
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले रातोपाटीलाई जानकारी दिए । जसमा एक जनामा कोरोना पुष्टि भइसकेको छ भने अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ। कोरोना भाइरसको […]