होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
देश/प्रदेश

नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

महेश कार्की/कोल्टी २८ साउन। नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीको कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएकोे छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सदस्य बलदेव रेग्मी प्रमुख अतिथि रहनु भएको थियो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा कानुन विभाग प्रमुख पुरबहादुर रावत, नेकपा नगर कमिटी इन्चार्ज भरत विक विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्यहरु, निर्वाचन कमिटीका सदस्यहरु लगायतका नेता कार्यकर्ता अतिथिको रुपमा रहनु भएको थियो ।

विज्ञापन

बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा सम्पन्न कार्यक्रममा कोरोना भाइरस कोभिड १९ को प्रभाव पछि नगर कमिटीले गरेका कार्य सम्बन्धी अन्तरक्रिया गरेको नेकपा बुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाले जानकारी दिनुभएको छ । कार्यक्रममा निर्वाचन क्षेत्रमा प्रदेश र स्थानिय तह बाट भएका काम, सांगठनिक अवस्था, आगामी दिनमा गर्नुपर्ने कार्यको समिक्षाका बारेमा छलफल गरिएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टी रेग्मी, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य भरत वि क, नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा कानुन विभागप्रमुख पुरबहादुर रावत र नेकपा प्रदेश कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश सदस्य बलदेव रेग्मी लगायतले उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा बुढीनन्दा नगर संगठन कमिटीका कार्यालय सदस्य तुलाबहादुर मल्लले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चाल नगर कमिटी सचिव हिक्मत वडले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार