होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रुसको कोरोना भाइरसको खोपमा आशंका किन ?
Breaking News

रुसको कोरोना भाइरसको खोपमा आशंका किन ?

  • नागरिक रैबार
रुसको कोरोना भाइरसको खोपमा आशंका किन ?

२८ साउन, काठमाडौं । काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपलाई मान्यता दिएको घोषणा गरे । ‘स्पुतनिक भी’ नाम दिइएको यो खोप आफ्नी छोरीलाई दिएको र उनको ज्वरो पहिलेभन्दा कम भएको दाबी गरेका छन् ।

विश्व कोरोनाले आक्रान्त बनेका बेला रुसले बनाएको भनिएको यो खोपले आशासँगै आशंका पनि जन्माएको छ ।

खोप पहिलो बनाउने होडमा आवश्यक परीक्षण पूरा नगरी ल्याइएको त होइन भन्ने प्रश्न छ ।

विज्ञापन

डेटा र खोप निर्माणको गति

रुसले जुन गतिमा कोरोना भाइरसविरुद्धको खोप निर्माणको दाबी गरेको छ, त्यसमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुले रुसले वास्तविक वैज्ञानिक परीक्षण र सुरक्षा भन्दा पनि राष्ट्रिय प्रतिष्ठामा जोड दिएको आरोप लगाएका छन् ।

रुसले दुई महिनाभन्दा पनि कम समय मात्र मानिसमा परीक्षण गरेर यो खोपलाई मान्यता दिएको छ ।

यद्यपि गामालेया नेशनल रिसर्च सेन्टर कम्पनीले बनाएको यो खोपले सबै चरणको परीक्षण पूरा भएको छैन । रुसले अहिलेसम्म खोपको मानिसमा गरिएको परीक्षणको पहिलो चरणमा सकारात्मक नतिजा दिएको सार्वजनिक गरेको छ । रुसको रक्षा मन्त्रालयका अनुसार खोप लगाएपछि आवश्यक प्रतिरोधी क्षमता पनि विकास भएको दाबी गरेको छ ।

खोपको परीक्षण

मानिसमा गरिएको पहिलो चरणको परीक्षण १७ जुनमा शुरु भएको थियो । यो चरणको परीक्षणमा ७६ जना स्वयंसेवक सहभागी थिए । यो परीक्षणमा आधालाई दिइएको खोप तरल थियो भने आधालाई पानीमा घुल्ने पाउडरको रुपमा उपलब्ध हुने खोप दिइएको थियो ।

प्राप्त विवरणअनुसार मानिसमा यो खोपको दोस्रो चरणको परीक्षण जुलाई १३ मा शुरु भएको थियो ।

गमालेया इन्स्टिच्युटले अगष्ट ३ मा क्लिनिकल परीक्षण सकिएको बतायो । तर दोस्रो चरणको परीक्षण सकिएको हो वा तीनओटै परीक्षण सकिएको हो भन्ने जानकारी दिएको थिएन ।

जानकारहरुका अनुसार सामान्यतया दोस्रो चरणको क्लिनिकल परीक्षण सकिन केही महिना लाग्नुपर्ने हो । रुसले पनि यो खोपलाई नियामकहरुले अनुमति दिएपछि मात्र तेस्रो चरणको क्लिनिकल परीक्षण गर्ने र हजारौं मानिसमा परीक्षण गर्ने संकेत गरेको थियो ।

तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अनुमति दिनु अगावै खोप बनेको घोषणा गरिएको छ ।

डब्ल्यूएचओको चासो

डब्ल्यूएचओले रुसी खोपबारे चासो देखाएको छ । उसले कुनै पनि खोपलाई स्वीकृत गर्नुपूर्व सुरक्षा डेटालाई अध्ययन गरिने बताएको छ । साथै डब्ल्यूएचओका प्रवक्ताले कोरोना भाइरसविरुद्धको खोपको विषयमा थप जानकारी लिन रुसको स्वास्थ्य अधिकारीहरुसँग छलफल भइरहेको बताए ।

यसअघि गत साता डब्ल्यूएचओले रुसले निर्माण गरेको खोपमा सुरक्षा र त्यसको प्रभावकारिता मापन गर्न आवश्यक सबै प्रक्रिया पुर्‍याएको हुन सक्नेमा आशंका व्यक्त गरेको थियो । डब्ल्यूएचओले कोरोना खोपबारे थप अघि नबढ्न पनि सचेत गराएको थियो ।

विशेषज्ञहरुको आशंका

रुसले खोप निर्माण गरेको बताएसँगै विश्वभरका विशेषज्ञहरुले आशंका व्यक्त गरेका छन् । यति छाटो समयमा खोपको सुरक्षा र प्रभावकारिताको परीक्षण गर्न नसकिने बताएका छन् ।

बेलायतको क्वीन मेरी युनिभर्सिटीका प्राध्यापक कोरोना भाइरसविरुद्धको कुनै पनि खोपको स्वागत गरिने, तर सुरक्षा सबैभन्दा प्राथमिकतामा रहनुपर्ने बताएका छन् । जर्जटाउन युनिभर्सिटीका सार्वजनिक स्वास्थ्य कानुनका विशेषज्ञ लरेन्स गोस्टिनले रुसले आवश्यक प्रक्रिया पूरा नगरी ल्याएको खोप असुरक्षित र प्रभावहीन हुनसक्ने बताएका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले क्लिनिकल परीक्षण बाहेक रुसको खोप प्रयोग नगरिने बताएकोछ । बेलायत र जर्मनीले पनि शंकाको नजरले हेरेको छ ।

विवादित’ खोप

रुसले बनाएको खोपमा विवाद देखिएको पहिलोपटक भने होइन । इबोलामा पनि त्यस्तै भएको थियो ।

रुसले इबोलाविरुद्धको खोप निर्माण गरेको दाबी गरेको थियो । रुसको स्वास्थ्य मन्त्रालयले आन्तरिक प्रयोगको लागि भन्दै दुई इबोलाविरुद्धको दुई खोपलाई स्वीकृति दिएको थियो । तर, दुवै खोपले इबोला निको हुने पर्याप्त प्रमाण भने भेटिएको थिएन ।

र, डब्ल्यूएचओले तेस्रो चरणको परीक्षण नगरेको भन्दै रुसले निर्माण गरेको खोपमा रोक लगायो ।

के भन्छ रुस ?

कोरोना भाइरसविरुद्धको रुसले निर्माण गरेको खोपको विषयमा आशंका जन्मिएसँगै रुसले यसको खण्डन गरेको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बुधबार खोप असुरक्षित रहेको आरोप निराधार रहेको बताएका छन् । यो आरोप प्रतिस्पर्धाको भवनाबाट प्रेरित रहेको उनको दाबी छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले आशंकाको खण्डन गर्दै आफ्नी छोरीलाई पनि यो खोप दिइएको बताएका थिए । पुटिनले यो खोपले राम्रो काम पनि गरेको दाबी गरेका थिए । ‘मलाई थाहा छ, यसले निकै प्रभावकारीरुपमा काम गर्छ र बलियो प्रतिरोधी क्षमता विकास गर्छ’ उनले भने, म फेरि पनि भन्छु, यसले आवश्यक सबै परीक्षण पूरा गरेको छ ।’

रोयटर्स र टाइम्स अफ इण्डियाको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार